धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
मोरङको विराटनगर वडा नं १२ का ७० बर्षीय वृद्धको आज कोभिड अस्पतालमा मृत्यु भएको हो ।
प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार दिउँसो २ बजेर १८ मिनेटमा उनको मृत्यु भएको हो ।
उनलाई पहिलादेखि नै उच्चरक्तचापको समस्या रहेको प्रतिष्ठानले जनाएको छ ।
यो सँगै वीपी प्रतिष्ठानमा मृत्यु हुने संक्रमितहरुको संख्या २५ पुगेको छ ।












Discussion about this post