विराटनगर : नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग अन्तर्गत शनिबारको खेलमा डाइनामिक क्रिकेट एकेडेमीले विजयी भएको छ । ।
डाइनामकिले कटहरी क्रिकेट क्लब एकेडेमीलाई ३ विकेटले पराजित गरेको छ ।
टस जितेर ब्याटिङ गरेको कटहरीले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सस १८ रनको सामान्य योगफल तयार पारेको थियो ।
कटहरीका लागि प्रसिद्ध मण्डलले ३५ रन बनाउँदा आइसटेन रिजालले २४ रनको योगदान दिए ।
डाइनामकिका विवेक झाले २ विकेट लिँदा विकाश कामत एसएस झा र सुवास राँयले १–१ विकेट लिए ।
जवाफमा १ सय १८ रनको सामान्य लक्ष्य पछ्याएको डाइनामिकले १९ ओभरमा ७ विकेट गुमाई सो लक्ष्य पार गरेको थियो ।
डाइनामिकका रवि राँयले अविजित २९ रन जोड्दा रोशन कामतले २२ रन जोडे । कटहरीका अभय कामतले ३ विकेट लिँदा सुमित यादव र रणधिर कामतले १–१ विकेट लिए ।
खेलको म्यान अफ द म्याच डाइनामिकका विवेक झा घोषित भए । विराटनगरको मेरिवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा खेल भइरहेको छ ।













Discussion about this post