उदयपुर : मदन भण्डारी राजमार्ग अन्तर्गत नेपालटार–गाईघाट सडकखण्डको उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा मालवाहक ट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
बाग्मती प्रदेश ००१ ख ०५०५ नम्बरको मालवाहक ट्रक नारायणघाटबाट सामान बोकेर गाईघाटतर्फ जाँदै गर्दा अनियन्त्रित भई दुर्घटनामा परेको ट्राफिक प्रहरीले जनाएको छ।
ट्रकले किच्दा दुई जनाको शव बीभत्स अवस्थामा फेला परेको प्रहरीको भनाइ छ। मृतकको पहिचान भइसकेको छैन।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक केदारमान दोङका अनुसार घटनास्थलमा नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा स्थानीयवासी उद्धारमा खटिएका छन्।














Discussion about this post