विराटनगर : विराटनगरको कञ्चनवारी क्षेत्रमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
कोशी राजमार्ग अन्तर्गत कञ्चनवारी खण्डमा प्रदेश ०३-००१ ख ३३९९ नम्बरको बसले ठक्कर दिँदा विराटनगर महानगरपालिका वडा नम्बर ४ की ७५ वर्षीया डम्बरकुमारी नेपालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको उक्त बसले सडक काट्दै गरेकी नेपाललाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि कोशी अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
मृतकको शव पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ ।
घटनामा संलग्न बस र चालक झापाको कनकाई नगरपालिका वडा नम्बर ३ का कासमीर लुइँटेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।














Discussion about this post