इटहरी : इटहरी उपमहानगरपालिका वडा नं. १९ मौलिया बस्ने १८ वर्षीय अविनाश चौधरीलाई खुकुरी देखाउँदै गाउँमा आतङ्क मच्चाइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ।
बाटोमा खुकुरी नचाउँदै स्थानीयलाई त्रसित बनाइरहेको भन्ने सूचनाका आधारमा आइतवार प्रहरी बिट भवानीपुरबाट खटिएको प्रहरी टोलीले चौधरीलाई सोही स्थानबाट नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिई चेकजाँच तथा खानतलासी गर्दा चौधरीको साथबाट खुकुरी १ थान र लागूऔषध ब्राउनसुगर ०.४३ ग्राम (चार सय तीस मिलिग्राम) फेला परेको प्रहरीले जनाएको छ।
बरामद लागूऔषध र खुकुरीसहित चौधरीलाई इलाका प्रहरी कार्यालय इटहरीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।













Discussion about this post