इटहरी : तमु गुरुङ समुदायको साझा संस्था तमु हयुल छोज धि गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्यसमिति सुनसरीको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ।
अधिवेशन तमु हयुल छोज धि गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष डम्बरबहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा केन्द्रीय उपाध्यक्ष केशरमान गुरुङ, केन्द्रीय सदस्यहरू बलिमान गुरुङ र दिव्यराज गुरुङ, कोशी प्रदेश अध्यक्ष होम घले, तथा पूर्व केन्द्रीय वरिष्ठ उपाध्यक्ष गुरुङ भद्रमानको उपस्थिति रहेको थियो।
पाँचौँ जिल्ला अधिवेशनबाट दिलिप गुरुङको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा बिष्णुमाया गुरुङ र भोला कोराङ्गी गुरुङ चयन भएका छन्।
यस्तै, सचिवमा निरञ्जन गुरुङ, संगठन सचिवमा कृपाश्वर घले, प्रचार सचिवमा बर्ता गुरुङ, कोषाध्यक्षमा जनुका गुरुङ र सह-कोषाध्यक्षमा हेमा तमु गुरुङ निर्वाचित भएका छन्।
सदस्यहरूमा तनुज गुरुङ, विनोद कुमार गुरुङ, नरबहादुर गुरुङ, दुर्गा गुरुङ, वीरेन गुरुङ, मिना गुरुङ, निरमाया गुरुङ, गणेश कुमार घले, उर्मिला गुरुङ र संगिता गुरुङ चयन भएका छन्।
कार्यक्रममा बोल्ने वक्ताहरूले गुरुङ समुदायको भाषा, संस्कृति, पहिचान र हक-अधिकार संरक्षणमा संस्थाले खेल्दै आएको भूमिकाको प्रशंसा गर्दै नव–निर्वाचित समितिले समुदायको एकता र संस्थागत सुदृढीकरणमा थप सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए।














Discussion about this post