मोरङ : मोरङको रंगेली नगरपालिका–२ स्थित चेकापुल क्षेत्रमा आइतबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
रंगेलीबाट विराटनगरतर्फ जाँदै गरेको को ३० प ३९१५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक, हालसम्म नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुषको मृत्यु भएको हो।
दुर्घटनामा मोटरसाइकलमा सवार एक जना व्यक्ति पनि घाइते भएका छन्। घाइतेको सोही अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको जनाइएको छ।
यसअघि पनि सोही स्थानमा विभिन्न सवारी दुर्घटनाहरू भएको स्थानीयले बताएका छन्।
प्रहरीले दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।














Discussion about this post