ब्राउन सुगर ओसार पसारमा संलग्न इटहरी उपमहानगरपालिका वडा नं. ५ का सुजन कार्की ढोली पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय इटहरीले अबैध लागूऔषध व्राउन सुगरको ओसार पसारमा संलग्न रहेको आरोपमा ढोलीलाई पक्राउ गरेको हो ।
२३ बर्षीय उनी यसअघि पनि लागूऔषध कारोबारमा संलग्न रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सुजनबिरुद्ध सुनसरी जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप गरी आवश्यक थप अनुसन्धान भईरहेको इटहरी प्रहरीले जनाएको छ ।














Discussion about this post