इटहरी : झापा र सुनसरीको विभिन्न स्थानहरूबाट लागूऔषध ब्राउनसुगर र प्रतिबन्धित औषधीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरी टोलीले गौरीगंज २ स्थितमा मे १ ह ५६६७ नम्बरको ओटो टेम्पुलाई शंका लागेर चेकजाँच गर्दा अटोभित्र ६ ग्राम ०९ मिलि ग्रामब्राउनसुगर फेला पारेको हो ।
यससँगै चालक शिवसताक्षी २का दिलकुमार विश्वकर्मा, अटोमा सवार गौरादह ८ का अमन ताजपुरिया, धरान १६ की दीपा परियार र बेलबारी ९ की पार्वती चौधरीलाई नियन्त्रणमा लिएको छ ।
त्यसैगरी सुनसरीको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र ५ कालाबन्जार चोक स्थितबाट बराहक्षेत्र ६ का सुमित संजय गुप्तालाई प्रतिबन्धित औषधी ९५ पिस र स्कुफ २ बोतलसहित नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका पाँचैजनाको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post