अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्व–उपकुलपति प्रा. डा. बलभद्रप्रसाद दास (बीपी दास) विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ ।
अख्तियारले ७ करोड ७१ लाख ९२ हजार ८ सय ६ बिगो दाबी दासलाई गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपपत्र दायर गरेको हो ।
अख्तियारद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘दासले मिति २०५०।०३।२७ मा जुनियर रजिष्टर्ड पदबाट सार्वजनिक सेवामा प्रवेश गरी मिति २०६८।०९।१७ मा उपकुलपति र तत्पश्चात सोही प्रतिष्ठानमा प्राध्यापक पदमा कार्यरत रहेकोमा निजको सेवा प्रवेशको मिति २०५०।०३।२७ देखि २०७६।०३।३० सम्मको अवधिसम्म निजले रु। ७,७१,९२,८६०।२४ सम्पत्ति गैरकानूनी रुपमा आर्जन गरेको देखिन्छ ।’














Discussion about this post