Friday, August 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कोशीमा दुर्घटनाका भयावह अवस्था, माघ महिनामै ५४ जनाले गुमाए ज्यान

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन ४, २०८२
in समाचार
0
जेनजी आन्दोलनमा हराएका सामग्री बुझाउन इटहरी ट्राफिकको आग्रह, नबुझाए के हुन्छ ?
65
SHARES
Share on FacebookShare on Twitter

इटहरी : कोशी प्रदेशमा माघ महिनामा मात्रै ५ सय ७९ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा ५४ जनाको मृत्यु भएको छ भने ८ सय ७७ जना घाइते भएका छन्।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रवक्ता डीएसपी सन्तोष श्रेष्ठका अनुसार घाइते सबैलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको थियो।

ट्राफिक प्रहरीको पछिल्लो विश्लेषणले अधिकांश दुर्घटना चालककै कारण भएको देखाएको छ। डीएसपी श्रेष्ठका अनुसार एक महिनामा भएका दुर्घटनामध्ये ४ सय ३७ वटा (७५.५५ प्रतिशत) दुर्घटना चालकको लापरबाहीका कारण भएका हुन्।

ट्राफिक नियम उल्लंघन, गलत तरिकाले ओभरटेक, तीव्र गति, मादक पदार्थ सेवन (मापसे) तथा चालकको असक्षमता दुर्घटनाका प्रमुख कारण रहेको उनले बताए।

यस्तै, यान्त्रिक गडबडी, ओभरलोड, ब्रेक फेल र टायर पन्चरलगायत सवारीसाधनका कारण ३५ वटा (६ प्रतिशत) दुर्घटना भएका छन्। यात्रुका कारण ६२ वटा (१०.७ प्रतिशत), सडक अवस्थाका कारण ३९ वटा (६.७ प्रतिशत), मौसमका कारण ३ वटा (०.५ प्रतिशत) र चौपायाका कारण पनि ३ वटा (०.५ प्रतिशत) दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ।

श्रेष्ठका अनुसार चालकको लापरबाहीबाट हुने दुर्घटनाको अवस्था भयावह बन्दै गएको छ।

कोशी प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी दीपक गिरीले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सक्रियता बढाइएको बताए। उनका अनुसार माघ महिनामा ट्राफिक नियम उल्लंघन गर्ने ७ हजार ८ सय ४१ सवारीसाधन कारबाहीमा परेका छन्।

उक्त कारबाहीबाट ७९ लाख २७ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ। साथै, पछिल्लो एक महिनामा कोशीका समुदाय र शैक्षिक संस्थालाई केन्द्रित गरी १ हजार ४ सय ५१ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।

‘ट्राफिक सचेतना तथा सडक प्रयोग सम्बन्धी अभिमुखीकरण’ नाम दिइएको कार्यक्रममार्फत २८ हजार ७ सय ९७ जनालाई ट्राफिक नियम पालनाबारे प्रशिक्षण दिइएको एसपी गिरीले जानकारी दिए।

उनले दुर्घटना न्यूनीकरणका लागि समुदाय, शैक्षिक संस्था तथा सरोकारवालासँग समन्वय गरेर सचेतनामूलक कार्यक्रमलाई अझ तीव्र बनाइने र सडकमा ट्राफिक प्रहरीको सक्रियता थप बढाइने बताए।

Tags: कोसी प्रदेशदुर्घटना
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान
FEATURE BREAKING

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ १२, २०८३
0

इटहरी : सुनसरीको झुम्का कारागारबाट फरार भएका लागूऔषध मुद्दाका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ। रामधुनी नगरपालिका–३ का २७ वर्षीय...

जेनजी आन्दोलनमा हराएका सामग्री बुझाउन इटहरी ट्राफिकको आग्रह, नबुझाए के हुन्छ ?
FEATURE BREAKING

कोशीमा साउनमै ४४० सवारी दुर्घटना, १९२ को कारण तीव्र गति

by टाकुरा न्यूज । इटहरी
भदौ १२, २०८३
0

इटहरी : कोशी प्रदेशमा सवारी दुर्घटनाको सबैभन्दा ठूलो जोखिम सडक वा सवारीसाधनको अवस्था नभई चालकको व्यवहार र गति देखिएको छ।...

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

भोटेकोशी विपद् : कोशी प्रदेश सरकारद्धारा तीन करोड सहयोग

भदौ १२, २०८३
आज जनैपूर्णिमा

आज जनैपूर्णिमा मनाइँदै, जनै फेर्नेदेखि रक्षाबन्धन र क्वाँटी खानेसम्मको परम्परा

भदौ १२, २०८३
एकै दिनमा किन पछाडि हट्यो सुनसरी प्रशासन ? भोलिबाट औषधी पसल बाहेक अरु पसल खोल्न नपाईने

भोटेकोशी बाढीमा सुनसरीका १५ जना सम्पर्कविहीन

भदौ १२, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका पाँच जना प्रतिवादी धरानबाट पक्राउ

भदौ ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ

भदौ १२, २०८३
जेनजी आन्दोलनमा हराएका सामग्री बुझाउन इटहरी ट्राफिकको आग्रह, नबुझाए के हुन्छ ?

कोशीमा साउनमै ४४० सवारी दुर्घटना, १९२ को कारण तीव्र गति

भदौ १२, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

भोटेकोशी विपद् : कोशी प्रदेश सरकारद्धारा तीन करोड सहयोग

भदौ १२, २०८३
आज जनैपूर्णिमा

आज जनैपूर्णिमा मनाइँदै, जनै फेर्नेदेखि रक्षाबन्धन र क्वाँटी खानेसम्मको परम्परा

भदौ १२, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    278 shares
    Share 111 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.