Thursday, April 30, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

झापा १ : ‘आश्वासनको पोको’ भन्दा ‘कार्यान्वयनयोग्य समाधान’को पर्खाइमा हात्तीपीडित मतदाता

रासस by रासस
फाल्गुन ५, २०८२
in समाचार
0
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी
57
SHARES
Share on FacebookShare on Twitter

झापा : मेचीनगर-१ तिरिङकी सविता पुरी चुनाव नजिकिए पनि खेतमा पाकेको तोरीबाली भित्र्याउन व्यस्त छिन् ।

अन्य बाली हात्तीले सखाप पारिदिने भएपछि विकल्पका रूपमा उनले तोरीबाली रोजेकी हुन्। हात्तीले नखाने भएकाले गाउँका पाखोबारीमा अचेल अन्नभन्दा बढी तोरी झुल्न थालेका उनको भनाइ छ ।

भारतसँग सीमा जोडिएको तिरिङ मात्र होइन, मेचीनगर-१, २, ३ र ४ सम्म फैलिएको सिङ्गो बाहुनडाँगीका स्थानीयको चार दशकदेखि साझा चासो र प्रश्न एउटै छ, ‘जङ्गली हात्तीबाट जिउज्यान र बाली कसरी जोगाउने ?’

अन्नबाली, फलफूल र तरकारी जोगाउन नसकेर सास्ती पाएका यहाँका बासिन्दाका लागि तोरीखेती हात्तीबाट जोगाउन सकिने वैकल्पिक कृषिकर्म बनेको छ ।

अन्यत्र झैँ झापा निर्वाचन क्षेत्र नं १ मा पनि आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार आश्वासनको झोला बोकेर घरदैलोमा पुग्न थालिसकेका छन् । मेचीनगरको १, २, ३ र ४ नं वडा सङ्घीयता आउनुअघि साविक बाहुनडाँगी गाविसको अङ्ग थिए ।

यहाँका २२ हजारभन्दा बढी मतदाता अहिले हात्तीको त्रासबाट जसले समाधान दिन्छ उसैलाई मत दिने भनेर साझा अभिमत व्यक्त गरिरहेका छन् ।

“अहिलेसम्म एक जना उम्मेदवार मात्र आउनुभएको छ, अरू पनि आउनुहोला”, तोरीको थुप्रो पन्छाउँदै स्थानीय पुरीले भनिन्, “हामीलाई जसले हात्तीको त्रासबाट मुक्त गराउने विश्वाससहित योजना दिन्छ, यसपालिको भोट उसैलाई दिनेछौँ ।”

पटकपटकका निर्वाचनमा उम्मेदवार फेरिए, सरकार फेरियो, तर बाहुनडाँगीको नियति नफेरिएको स्थानीयवासीको गुनासो छ ।

भारतबाट मेची नदी तरेर आउने हात्तीलाई रोक्न सरकारले करोडौँ खर्चेर विद्युतीय तारबार लगाएको छ । तर,

स्थानीयका अनुसार ती तारबार अहिले ‘हात्तीका लागि खेलौना’ जस्तै भएका छन् । हात्तीले तारबार भत्काउने र नाघेर गाउँ पस्नेक्रम रोकिएको छैन ।

कक्षा १२ मा अध्ययनरत युवा मतदाता प्रवेश पुरीले देशमा धेरै परिवर्तन भए पनि गाउँमा हात्तीको समस्या उस्तै रहेको बताए।

उनले यसपटक मत माग्न घरदैलोमा आउने हरेक उम्मेदवारसँग हात्तीको समस्या समाधानका लागि ‘चित्तबुझ्दो र दीर्घकालीन’ योजना के छ भनेर प्रश्न सोध्ने गरिएको बताए ।

झापा-१ मा राजनीतिक दलका १३ र स्वतन्त्र दुई गरी १५ जना उम्मेदवार चुनावी मैदानमा छन् । यहाँ कूल एक लाख ३१ हजार ६७ मतदाता छन्, जसमा १० हजार ६९२ नयाँ मतदाता थपिएका हुन् । मेचीनगरका १५ वटै वडा, बुद्धशान्तिका चार वटा र भद्रपुरका दुई वटा वडा समेटिएको यो क्षेत्रमा ४३ मतदानस्थल र १४५ मतदान केन्द्र तोकिएका छन् ।

झापा–१ को भूगोलमा हात्तीको त्रास नभएको कुनै गाउँ छैन । बाली नोक्सान नभएको कुनै वडा छैन र हात्तीको आक्रमणमा आफन्त नगुमाएको कुनै पालिका छैन ।

निर्वाचन नजिकिएसँगै नेताहरूले बाँड्ने ‘आश्वासनको पोको’ भन्दा ‘कार्यान्वयनयोग्य समाधान’को पर्खाइमा यहाँका मतदाता रहेका पुरीले बताए ।

Tags: #झापा#रासस
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

इटहरीका ६ वटासहित ८ फार्ममा बर्डफ्लु पुष्टि, ४२ दिनसम्म नयाँ कुखुरा पालन गर्न नपाइने
FEATURE BREAKING

सुनसरीमा बर्डफ्लू संक्रमणको महामारी, २३ फर्मका कुखुरा नष्ट, ३० करोडभन्दा बढी क्षति

by टाकुरा न्यूज । इटहरी
बैशाख १७, २०८३
0

इटहरी : सुनसरीमा बर्डफ्लू संक्रमण पुष्टि भएपछि २३ वटा पोल्ट्री फर्मका लेयर्स र ब्रोइलर कुखुरा नष्ट गरिएको छ। केन्द्रीय पशुपन्छी...

मोरङमा गाउँपालिका अध्यक्षकै सामुन्ने पत्रकारलाई ज्यान मार्ने धम्की
समाचार

मोरङमा गाउँपालिका अध्यक्षकै सामुन्ने पत्रकारलाई ज्यान मार्ने धम्की

by टाकुरा न्यूज । इटहरी
बैशाख १६, २०८३
0

विराटनगर : जथाभावी उत्खनन् गरी नदीजन्य सामग्री चोरी निकासी भइरहेको विषयमा समाचार संकलन गर्न ग्रामथान पुगेका मोरङका पत्रकारहरूलाई उत्खननकर्ताहरूले ज्यान मार्नेसम्मको...

विश्रान्तिधाम गुरुकुललाई २ लाख राशिको ‘सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल राष्ट्रिय शिक्षा संस्कृति’ पुरस्कार

विश्रान्तिधाम गुरुकुललाई २ लाख राशिको ‘सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल राष्ट्रिय शिक्षा संस्कृति’ पुरस्कार

बैशाख १६, २०८३
खुवालुङको विवाद चर्किएपछि तत्कालका लागि रोकियो

खुवालुङ क्षेत्रमा माङ्खीमसहित सांस्कृतिक संरचनाको शिलान्यास

बैशाख १६, २०८३
‘तरहरा दोस्रो राष्ट्रव्यापी कविता प्रतियोगिता–२०८३’ मा छानिए उत्कृष्ट १० कवि

‘तरहरा दोस्रो राष्ट्रव्यापी कविता प्रतियोगिता–२०८३’ मा छानिए उत्कृष्ट १० कवि

बैशाख १६, २०८३
विद्यार्थी संगठन खारेज गर्ने निर्णयप्रति हर्क साम्पाङको असहमति

विद्यार्थी संगठन खारेज गर्ने निर्णयप्रति हर्क साम्पाङको असहमति

बैशाख १५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीका ६ वटासहित ८ फार्ममा बर्डफ्लु पुष्टि, ४२ दिनसम्म नयाँ कुखुरा पालन गर्न नपाइने

सुनसरीमा बर्डफ्लू संक्रमणको महामारी, २३ फर्मका कुखुरा नष्ट, ३० करोडभन्दा बढी क्षति

बैशाख १७, २०८३
मोरङमा गाउँपालिका अध्यक्षकै सामुन्ने पत्रकारलाई ज्यान मार्ने धम्की

मोरङमा गाउँपालिका अध्यक्षकै सामुन्ने पत्रकारलाई ज्यान मार्ने धम्की

बैशाख १६, २०८३
विश्रान्तिधाम गुरुकुललाई २ लाख राशिको ‘सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल राष्ट्रिय शिक्षा संस्कृति’ पुरस्कार

विश्रान्तिधाम गुरुकुललाई २ लाख राशिको ‘सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल राष्ट्रिय शिक्षा संस्कृति’ पुरस्कार

बैशाख १६, २०८३
खुवालुङको विवाद चर्किएपछि तत्कालका लागि रोकियो

खुवालुङ क्षेत्रमा माङ्खीमसहित सांस्कृतिक संरचनाको शिलान्यास

बैशाख १६, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1489 shares
    Share 596 Tweet 372
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    646 shares
    Share 258 Tweet 162
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    468 shares
    Share 187 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    387 shares
    Share 155 Tweet 97
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    379 shares
    Share 152 Tweet 95

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.