Thursday, April 23, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

मेची भन्सारबाट सात महिनाको अवधिमा ८ अर्ब ६१ करोड २० लाखको अलैँची निर्यात

रासस by रासस
फाल्गुन १०, २०८२
in समाचार
0
अलैँचीको मूल्य घटेपछि भोजपुरका किसान चिन्तित
56
SHARES
Share on FacebookShare on Twitter

झापा : झापाको मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा अलैँची निर्यातमा ठुलो सुधार आएको छ।

भन्सार कार्यालयको तथ्याङ्क अनुसार विगत सात महिनाको अवधिमा अलैँची निर्यात ५९ दशमलव ८० प्रतिशतले बढेर ८ अर्ब ६१ करोड २० लाख ७ हजार रुपैयाँ बराबरको पुगेको छ।

सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार यस अवधिमा कुल ४ हजार १५३ दशमलव १५ मेट्रिकटन अलैँची भारततर्फ निर्यात भएको हो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने ५ अर्ब ३८ करोड ८० लाख २० हजार रुपैयाँ बराबरको मात्र अलैँची निर्यात भएको थियो।

अलैँचीको व्यापार चम्किरहँदा नेपालको अर्को मुख्य निर्यातजन्य वस्तु चियाको व्यापारमा भने गिरावट आएको छ। तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म चिया निर्यात २६ दशमलव ७० प्रतिशतले घटेको देखिन्छ।

यस अवधिमा २ अर्ब ३२ करोड १२ लाख ५६ हजार रुपैयाँ मूल्य बराबरको मात्र चिया निर्यात भएको छ। अघिल्लो वर्ष सोही अवधिमा ३ अर्ब १६ करोड ६२ लाख १३ हजार रुपैयाँ बराबरको चिया बाहिरिएको थियो।

चियासँगै प्लाउड निर्यातमा ४० दशमलव ९० प्रतिशत र अम्रिसो निर्यातमा २४ दशमलव ९० प्रतिशतले कमी आएको भन्सार कार्यालयले जनाएको छ।

मेची भन्सारबाट निर्यात हुने अन्य वस्तुहरूको अवस्था भने उत्साहजनक देखिएको छ। यस अवधिमा मुसुरो दालको निर्यातमा ३१६ दशमलव २० प्रतिशतको विशाल वृद्धि भएको छ। त्यस्तै अदुवा र सुठोको निर्यात १०१ दशमलव ८० प्रतिशत, जडीबुटी ९२ दशमलव ९ प्रतिशत र भेनियर सिट ९१ दशमलव १० प्रतिशतले बढेको छ।

अन्य निर्यातजन्य वस्तुहरूमा छुर्पी ६३ दशमलव ३० प्रतिशत र काउली, ब्रोकाउली तथा बन्दागोपी ३६ दशमलव १० प्रतिशतले वृद्धि भएका छन्। चालु आर्थिक वर्षको माघ मसान्तसम्म मेची भन्सारबाट कुल १६ अर्ब ३ करोड १५ लाख ८३ हजार रुपैयाँ बराबरको नेपाली मालवस्तु विभिन्न देशमा निर्यात भएको छ।

Tags: #झापा#राससअलैँचीनिर्यातमेची भन्सार
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन
Uncategorized

सुनसरीका यी पोल्ट्री फार्ममा देखियो बर्ड फ्लु

by टाकुरा न्यूज । इटहरी
बैशाख ९, २०८३
0

सुनसरी : जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयले मंगलबार जारी गरेको...

समाचार

झापा : नवीकरणीय ऊर्जा ‘पेलेट’को उत्पादन सुरु

by रासस
बैशाख ९, २०८३
0

झापा : खेर गइरहेको स्थानीय स्रोत र साधनको सदुपयोग गरेर मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीमा नवीकरणीय ऊर्जा ‘पेलेट’को उत्पादन सुरु गरिएको छ...

इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

बैशाख ९, २०८३
विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

बैशाख ८, २०८३
मोरङको सुन्दरहरैँचामा कारको ठक्करबाट एक पुरुषको मृत्यु

जन्ती बोकेको बसले ठक्कर दिँदा २७ वर्षीय युवकको मृत्यु

बैशाख ८, २०८३
नागरिकमैत्री बनाउन एकद्वार प्रणालीमार्फत सेवा प्रवाह सुरु

नागरिकमैत्री बनाउन एकद्वार प्रणालीमार्फत सेवा प्रवाह सुरु

बैशाख ८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीका यी पोल्ट्री फार्ममा देखियो बर्ड फ्लु

बैशाख ९, २०८३

झापा : नवीकरणीय ऊर्जा ‘पेलेट’को उत्पादन सुरु

बैशाख ९, २०८३

इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

बैशाख ९, २०८३
विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

बैशाख ८, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1354 shares
    Share 542 Tweet 339
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    505 shares
    Share 202 Tweet 126
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    376 shares
    Share 150 Tweet 94

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.