इटहरीका होटल व्यवसायीहरुले सरकारले वास्ता नगरेको गुनासो गरेका छन् ।
आज इटहरीमा भएको सर्वपक्षीय छलफलमा व्यवसायीहरुले ६ महिनादेखि बन्द रहेको होटल सञ्चालनका लागि खर्च मात्र होइन, बैँक ब्याजसँगै घरखर्च नै चलाउन गाह्रो भएको बताएका हुन् ।
होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले निश्चित मापदण्ड तोकेर सबै व्यवसाय सञ्चालन गर्न सरकारले अनुमति दिएपनि होटल व्यवसायको हकमा नबोलेको भन्दै दुःख व्यक्त गरे ।
‘सरकारका हरेक अभियानमा हामीले सहयोग नगरेका होइनौँ ।’ पराजुलीले भने, ‘अहिले सरकारले हाम्रो समस्या सुनिदिएन । जसको कारण धेरै व्यवसायी डिप्रेसनको भएका छन् भने कतिपयले यो व्यवसायबाट हात नै धुनुपरेको छ ।’
उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष भीम बहादुर पौडेलले भने व्यवसायीलाई चौतर्फी समस्या रहेको भन्दै सरकारले बुझिदिएर समान्य अवस्थामा फर्काउने पहल लिनुपर्ने र त्यसका लागि संघका पदाधिकारी सहयोग गर्त तत्पर रहेको बताए ।
छलफल कार्यक्रममा ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) अर्जुुन केसीले कानूनको स्पष्ट परिभाषा नहुँदा भीड हुने भएकाले सेवाग्राही र प्रशासनबीच दूरी बढ्नसक्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथि संविधान सभाका सदस्य रेवतीरमण भण्डारीले व्यक्तिगत सुरक्षाका विकल्प खोजेर व्यवसाय सञ्चालन गर्नुपर्ने धारणा राखे ।
साथै असोज १ गते (भोलिबाट) इटहरीका सम्पूर्ण होटलहरु खोल्ने निर्णय समेत भएको छ ।














Discussion about this post