इटहरी धरान सडकखण्डअन्र्तगत चारकोशे झाडीमा सवारी दुर्घटना भएको छ ।
इटहरीबाट धरानतर्फ जाँदै गरेको प्र. १–०२–०४१ प ४६६९ नं. को मोटरसाईकल र बिपरीत दिशाबाट आउँदै गरेको प्र. १–०२–४१ प ९५६७ नं. को मोटरसाईकल एक आपसमा ठक्कर हुँदा इटहरी २० तरहराका आकाश थापा र इटहरी ५ का शैलेस तामाङ घाईते भएका हुन् ।
तामाङको धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ भने थापाको स्थानीय मेडिकलमा उपचार भईरहेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।














Discussion about this post