Friday, May 1, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

आफ्नै १२ बर्षीया छोरीलाई धरानका लिम्बूले करणी गरेपछि….बालिकालाई एसओएस इटहरीले अभिभावकत्व ग्रहण गर्यो

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ ३१, २०७७
in समाचार
0
इटहरीको एक क्याम्पसका प्रध्यापकले गरे दुव्र्यवहार (अडियोसहित)

सांकेतिक तस्वीर ।

414
SHARES
Share on FacebookShare on Twitter

जन्मदिने आमाले घर छाडेको डेढ वर्ष भयो । आमा हिडेपछि १२ र ७ वर्षका नाबालिका बावुको सहारामा बसेका थिए । तर आफ्नै बाबुले ती अबोध बालिकामध्ये ठुली छोरीलाई पटक– पटक करणी गरे ।

छोरीले सहन सकुञ्जेल कसैलाई भनिनन् जब पटक– पटकको यौन हिंसाका कारण उनलाई रक्तश्राव हुन थाल्यो त्यसपछि बाबुले गरेको अनैतिक कार्य आफ्नै साथीलाई सुनाइन् । साथीले आमालाई सुनाएपछि घट्ना सार्वजनिक भयो ।

घट्ना गएको असार ३१ गते राति साढे ९ बजे पुनः भयो । आफ्नै नाबालिका छोरीलाई एक महिना यताबाट पटक–पटक करणी गरेको छिमेकीले जानकारी पाए । घट्नाको जानकारीका आधारमा सुनसरी धरान उपमहानगरपालिका–१३ घर भई हाल झापाको साविक गरामनी गाविस हाल बिर्तामोड नगरपालिका ८ मा डेरा गरी वस्ने अन्दाजी ३५ वर्षिय लिम्बू थरका बावुलाई इलाका प्रहरी कार्यालय विर्तामोडले घट्ना भएकै राति नियन्त्रणमा लियो ।

बाबुलाई प्रहरीले लगेपछि पीडित बालिकासहित उनकी ७ वर्षिया बहिनी बेसाहरा बने । छिमेकी लगायत प्रहरी प्रशासनले आफन्तको खोजि गर्दा जिम्मा लिने कोही नभएपछि पीडित बालिकासहित दुवैलाई एकल महिलाद्धारा सञ्चालित भद्रपुर १० मा रहेको छहारी घरमा राखियो । छहारी घरकी संयोजक रेखा अधिकारीको प्रत्यक्ष निगरानीमा ती बालिकाको लालन पालन शुरु भयो । आरोपित विरुद्ध मुद्दा दर्ता गराइएको समूहकी अध्यक्ष अधिकारीले बताइन् ।

आमा पहिले नै घर छाडेर हिंडेकी र पीडितको ७ वर्षिया बहिनी मात्र रहेकाले कोही नभएपछि समूहको तर्फबाट मुद्दा दर्ता गराइएको उनले बताइन् । एक दिनको कुरा हो, कोठामा रहेको भेन्टीलेसनबाट निस्किएर उनीहरु भागेछन् । भाग्दै गरेको अवस्थामा नजिकै रहेको चन्द्रगढी विमानस्थलबाट फेला पारेर छहारीमा ल्याएको अधिकारी बताउँछिन् । ‘वैनीले भागुुम् भनि अनि भागेको तर, यहाँको आमाले भेटाइहाल्नु भयो ।’ ती ७ वर्षिया बालिकाले सुनाइन् ।

छहारी घरमा बसेको ६४ दिनपछि बुधबार इटहरी स्थित एसओेएस बालग्रामले उनीहरुलाई अभिभावकत्व ग्रहण गरेको छ । इटहरीबाट आएको सो संस्थालाई नियमअनुसार हस्तान्तरण गरिएको अधिकारी बताउँछिन् । छहारीमा राखेर उनीहरुको जन्म दर्ता र स्कुलको चारित्रिक प्रमाण पत्र समेत बनाइएको उनले बताइन् ।

बसाई अवधिभरको खाना खर्च विर्तामोड नगरपालिकाले लिएको थियो । बिर्तामोड नगरपालिका र ईलाका प्रहरी कार्यालय बिर्तामोडको सिफारिसका आधारमा बालग्रामलाइ दिने निर्णय भएपछि त्यसो गरिएको उनले बताइन् । बालग्रामलाई जानकारी लगायत सहजकर्ताको भूमिका एविसी नेपालले गरेको थियो ।

यता आरोपितलाइ भने पुर्पछका लागि झापा कारागारमा राखिएको जिल्लाका डिएसपी राकेश थापाले बताए ।

ब्लाष्टखबरबाट साभार ।

Tags: #rape
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा सुकुम्बासीको केन्द्र धरान, दोस्रोमा इटहरी
FEATURE BREAKING

सुनसरीमा सुकुम्बासीको केन्द्र धरान, दोस्रोमा इटहरी

by टाकुरा न्यूज । इटहरी
बैशाख १७, २०८३
0

इटहरी : सुनसरी जिल्लामा सुकुम्बासी बसोबासको सबैभन्दा ठूलो केन्द्र धरान उपमहानगरपालिका बनेको छ। उपलब्ध तथ्यांक अनुसार धरानमा मात्रै १४ हजार ७...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापामा विद्यार्थी बोकेको बस दुर्घटना

by रासस
बैशाख १७, २०८३
0

झापा : कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । विद्यार्थी ओसारिरहेको विद्यापानी माध्यमिक...

निर्वाचनमा अन्तरघात गरेको भन्दै कोशीका मन्त्रीलाई कांग्रेसले सोध्यो स्पष्टीकरण 

निर्वाचनमा अन्तरघात गरेको भन्दै कोशीका मन्त्रीलाई कांग्रेसले सोध्यो स्पष्टीकरण 

बैशाख १७, २०८३
निगुरो खोज्न जंगल जाने क्रममा तरहरामा एक महिलालाई हात्तीले आक्रमण गर्यो

झापा बाहुनडाँगीमा हात्तीको आक्रमणबाट आमाछोरी घाइते

बैशाख १७, २०८३
इटहरीका ६ वटासहित ८ फार्ममा बर्डफ्लु पुष्टि, ४२ दिनसम्म नयाँ कुखुरा पालन गर्न नपाइने

सुनसरीमा बर्डफ्लू संक्रमणको महामारी, २३ फर्मका कुखुरा नष्ट, ३० करोडभन्दा बढी क्षति

बैशाख १७, २०८३
मोरङमा गाउँपालिका अध्यक्षकै सामुन्ने पत्रकारलाई ज्यान मार्ने धम्की

मोरङमा गाउँपालिका अध्यक्षकै सामुन्ने पत्रकारलाई ज्यान मार्ने धम्की

बैशाख १६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा सुकुम्बासीको केन्द्र धरान, दोस्रोमा इटहरी

सुनसरीमा सुकुम्बासीको केन्द्र धरान, दोस्रोमा इटहरी

बैशाख १७, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा विद्यार्थी बोकेको बस दुर्घटना

बैशाख १७, २०८३
निर्वाचनमा अन्तरघात गरेको भन्दै कोशीका मन्त्रीलाई कांग्रेसले सोध्यो स्पष्टीकरण 

निर्वाचनमा अन्तरघात गरेको भन्दै कोशीका मन्त्रीलाई कांग्रेसले सोध्यो स्पष्टीकरण 

बैशाख १७, २०८३
निगुरो खोज्न जंगल जाने क्रममा तरहरामा एक महिलालाई हात्तीले आक्रमण गर्यो

झापा बाहुनडाँगीमा हात्तीको आक्रमणबाट आमाछोरी घाइते

बैशाख १७, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1513 shares
    Share 605 Tweet 378
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    648 shares
    Share 259 Tweet 162
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    469 shares
    Share 188 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    387 shares
    Share 155 Tweet 97
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    379 shares
    Share 152 Tweet 95

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.