इटहरी : सुनसरी क्षेत्र नम्बर–२ का नेपाली कांग्रेसका उम्मेदवार राजीव कोइरालाले प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन योगदान पुर्याउने सबैप्रति आभार व्यक्त गरेका छन्।
उनले मतदाताहरू, शुभेच्छुक, पार्टीका सदस्यहरू, उम्मेदवारहरू, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, सञ्चार माध्यम, प्राविधिक टोली तथा निर्वाचन आयोगका पदाधिकारी र कर्मचारीहरूलाई धन्यवाद दिएका हुन्।
कोइरालाले जनताको विश्वास र संस्थाहरूको अनुशासनले निर्वाचनलाई लोकतान्त्रिक संस्कारको उत्सव बनाएको उल्लेख गरेका छन्।
उनले सबैको श्रम, समर्पण र विश्वास नै निर्वाचन सफल हुनुको आधार भएको बताएका छन्। साथै उनले विजयी उम्मेदवारलाई हार्दिक बधाईसमेत दिएका छन्। यस क्षेत्रमा रास्वपाका लालविक्रम थापा विजयी हुने निश्चित भएको छ। अन्तिम मत परिणाम भने आउन बाँकी रहेको छ।














Discussion about this post