इटहरी १७ का छत्रराज चौधरीले आफ्नो ३३ औँ जन्मदिनको अवसर पारेर विपन्न परिवारलाई खाद्यान्न वितरण गरेका छन् ।
इटहरी १७ मा रहेका अति विपन्न १३ घर परिवारलाई बिहीबार आफ्नो जन्मोत्सवको अवसर पारेर चौधरीले खाद्यान्न वितरण गरेका हुन् ।
‘साथीभाईसँग बसेर जाँड, रक्सी खानुको सट्टा यो विपद्को घडीमा विपन्नलाई केही राहत होस् भन्ने उदेश्यले खाद्यान्न वितरण गरेको हुँ,‘ उनले भने ।

उनका अनुसार अन्य सहयोगी साथीभाईसँगको सहकार्यमा यहाँ रहेका विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको थियो ।
चामल, तेल, नुन, दाल, सोयाबिन, साबुन, बिस्कुट, चिनी लगायतका खाद्यान्न वितरण गरिएको थियो ।














Discussion about this post