झापा : झापाको मेचीनगर नगरपालिका–६ बाट लागूऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा इलामको सूर्योदय नगरपालिका–११ का पासाङ छिरिङ काजीलाई ६ ग्राम ६८० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post