Wednesday, June 10, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

कोशी एक्सिलेन्स अवार्डको तयारी पूरा, सहभागीलाई सोल्टी वेस्टेन्डको विशेष सुविधा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र ३, २०८२
in विविध, समाचार
0
कोशी एक्सिलेन्स अवार्डको तयारी पूरा, सहभागीलाई सोल्टी वेस्टेन्डको विशेष सुविधा
70
SHARES
Share on FacebookShare on Twitter

इटहरी : कोशी प्रदेशको पर्यटन, व्यापार तथा सामाजिक–सांस्कृतिक पहिचानलाई विश्वमाझ चिनाउने उद्देश्यले नयन मिडिया फाउन्डेसनले आयोजना गर्न लागेको ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ यसपटक अझ भव्य र आकर्षक रूपमा हुने भएको छ।

आगामी चैत ७ गते (मार्च २१, २०२६) मा इटहरीस्थित सोल्टी वेस्टेन्डमा आयोजना हुने कार्यक्रममा सहभागी हुन रजिस्ट्रेशन गर्ने अतिथिलाई आयोजकको हस्पिटालिटी पार्टनर सोल्टी वेस्टेन्ड होटेलले ‘सोल्टी हेरिटेज क्लब’को विशेष सदस्यता कार्ड प्रदान गर्ने भएको छ।

यो सदस्यता कार्डमार्फत होटेलका विभिन्न सेवा तथा सुविधामा १० प्रतिशतसम्म छुट पाइने व्यवस्था गरिएको आयोजकले जनाएको छ।

नयन मिडिया फाउन्डेसनका प्रमुख कार्यकारी निर्देशक माधव सुवेदीका अनुसार कार्यक्रमलाई अझ सहभागीमैत्री, व्यवस्थित र आकर्षक बनाउन होटेलसँग यस्तो सहकार्य गरिएको हो। उनले सोल्टी वेस्टेन्डसँगको साझेदारीले अवार्ड समारोहलाई थप प्रभावकारी र यादगार बनाउने विश्वास व्यक्त गरे।

यस वर्षको अवार्ड समारोहमा १६ विभिन्न विधामा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई अवार्ड गरिने आयोजकले जनाएको छ।

कृषि तथा फार्मिङ इनोभेसन, बैङ्किङ तथा फाइनान्सियल सर्भिस, कर्पोरेट बिजनेस लिडरसिप, शिक्षा तथा एकेडेमिक एक्सिलेन्स, स्वास्थ्य तथा मेडिकल केयर, साहित्य तथा आर्ट्स एन्ड राइटिङ, मिडिया तथा जर्नालिजम, सामाजिक कार्य, खेलकुद, स्टार्टअप इनोभेसन, प्रविधि, पर्यटन तथा हस्पिटालिटी, अटोमोबाइल, सङ्गीत तथा क्यापिटल मार्केटलगायत क्षेत्रमा उत्कृष्ट योगदान दिने व्यक्तित्व तथा संस्थालाई अवार्ड प्रदान गरिनेछ।

कार्यक्रममा १६ विधामा अवार्ड प्रदान गरिने र करिब ५ सय भन्दा बढी सहभागी उपस्थित हुने अपेक्षा गरिएको छ। करिब पाँच घण्टासम्म चल्ने यो समारोहलाई प्रदेशस्तरकै प्रतिष्ठित कार्यक्रमका रूपमा हेरिएको छ।

कोशी प्रदेशमा नेतृत्व, उद्यमशीलता, नवप्रवर्तन, सामाजिक उत्तरदायित्व तथा दीर्घकालीन योगदान दिने व्यक्ति तथा संस्थालाई पहिचान गरी सम्मान गर्ने उद्देश्यले यो अवार्ड सञ्चालन गरिएको हो।

कार्यक्रममा विभिन्न संघ–संस्थामार्फत विशेष योगदान पुर्‍याएका कोशी प्रदेशका व्यक्ति तथा संस्थाहरूलाई समेत विशेष सम्मान गरिने जनाइएको छ।

गत वर्ष सम्पन्न पहिलो संस्करणले स्थापित गरेको गरिमा र विश्वासलाई निरन्तरता दिँदै दोस्रो संस्करणलाई अझ प्रभावकारी र सन्देशमूलक बनाउने लक्ष्य आयोजकले लिएको छ।

नयन मिडिया फाउन्डेसनका अध्यक्ष पवन अधिकारीले कार्यक्रमको तयारी पूरा भइसकेको जानकारी दिए। उनका अनुसार विभिन्न सरकारी तथा निजी संस्थासँग सहकार्य गर्दै कार्यक्रमलाई भव्य र व्यवस्थित बनाउन काम भइरहेको छ।

निर्वाचन आचारसंहिताका कारण कार्यक्रमको मिति सारिए पनि अहिले सबै तयारी अन्तिम चरणमा पुगेको उनले बताए।

कोशी एक्सिलेन्स अवार्डको निर्णायक समितिको संयोजकमा संविधानसभा सदस्य पवन शारडा रहेका छन् भने नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर महाप्रसाद अधिकारी प्रमुख सल्लाहकार रहेका छन्।

कोशी प्रदेश पर्यटन मन्त्रालय, सामाजिक सुरक्षा कोष तथा इटहरी उपमहानगरपालिकाको विशेष उपस्थितिमा हुने उक्त कार्यक्रम सरकारले अघि बढाइरहेको ‘कोशी पर्यटन वर्ष–२०८२’ को तयारीसँग पनि जोडिएको छ।

अवार्ड कार्यक्रमले प्रदेशको पर्यटन, व्यापार तथा सामाजिक–सांस्कृतिक पहिचान प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ।

अवार्ड समारोह कान्तिपुर टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण हुने जनाइएको छ ।

आयोजकका अनुसार यो उत्सवमा सहभागी हुन क्यूआर कोडको व्यवस्था गरिएको छ भने विशेष परिस्थितिमा तत्कालै अतिथिहरूले रजिस्ट्रेशन गर्न सक्नेछन्।

Tags: कोशी एक्सिलेन्स
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मिक्लाजुङमा कविताको वर्षा
FEATURE BREAKING

मिक्लाजुङमा कविताको वर्षा

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २७, २०८३
0

मेरो माया मफलर भए बाँधिहिड्थेँ गलामा ! कैलेकाहीँ त मन नहुँदा टाँगिहिड्थेँ किलामा !  करिब ६५ वर्षअघि, अयामेली कवि बैरागी...

विराटनगर विमानस्थल : नयाँ टर्मिनल भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत
FEATURE BREAKING

विराटनगर विमानस्थलमा ‘उडान अघि ठगी’ रोक्न प्रशासनको एक्सन, यी चार व्यवसायीलाई तिराइयो १२ लाख जरिवाना

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २६, २०८३
0

विराटनगर : विराटनगर विमानस्थल परिसरभित्र यात्रुहरूबाट अत्यधिक मूल्य असुल्ने प्रवृत्ति बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मोरङले छड्के अनुगमनमार्फत कडा कारबाही गरेको...

इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु, तीन जना घाइते

जेष्ठ २६, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

सुनसरी, मोरङ र झापाबाट लागूऔषधसहित तीन जना पक्राउ

जेष्ठ २६, २०८३
तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको तयारी 

तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको तयारी 

जेष्ठ २६, २०८३
भोजपुरमा ‘रुद्राक्ष पकेट क्षेत्र’का रूपमा विकास गर्ने योजना

भोजपुरमा ‘रुद्राक्ष पकेट क्षेत्र’का रूपमा विकास गर्ने योजना

जेष्ठ २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मिक्लाजुङमा कविताको वर्षा

मिक्लाजुङमा कविताको वर्षा

जेष्ठ २७, २०८३
विराटनगर विमानस्थल : नयाँ टर्मिनल भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत

विराटनगर विमानस्थलमा ‘उडान अघि ठगी’ रोक्न प्रशासनको एक्सन, यी चार व्यवसायीलाई तिराइयो १२ लाख जरिवाना

जेष्ठ २६, २०८३
इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु, तीन जना घाइते

जेष्ठ २६, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

सुनसरी, मोरङ र झापाबाट लागूऔषधसहित तीन जना पक्राउ

जेष्ठ २६, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1504 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    391 shares
    Share 156 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.