खोटाङ : खोटाङको केपीलासगढी गाउँपालिका २ मा बुधवार हेलिकप्टर दुर्घटनामा परेको छ। शव बोकेको हेलिकोप्टर दुर्घटनामा परेको हो ।
घटनामा मानवीय क्षति भने भएको छैन । एकजनाको खुट्टा भाँचिएको जनाइएको छ । काठमाडौँबाट गएको एयर डाइनेष्टीको हेलिकप्टर अवतरणका क्रममा बुधबार मध्याह्न दुर्घटना भएको हो।
हेलिकोप्टरमा पाइलटसहित पाँच जना सवार रहेका थिए । घाइतेलाई अर्को हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको छ ।














Discussion about this post