इटहरी : जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को ह्वाट्सएप ह्याक भएको छ।
कार्यालयद्वारा जारी जरुरी सूचनाअनुसार सीडीओले प्रयोग गर्दै आएको मोबाइल नम्बर ९८५२०८७७७७ को ह्वाट्सएप ह्याक भएको हो। ह्याक भएसँगै सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।
उक्त नम्बरबाट कुनै पनि सन्देश आएमा विश्वास नगर्न र सावधानी अपनाउन अनुरोध गरिएको छ।
साथै, सो नम्बरबाट असम्बन्धित वा अनाधिकृत सन्देश प्राप्त भएमा जिल्ला प्रशासन कार्यालय सुनसरी वा जिल्ला प्रहरी कार्यालय सुनसरीमा जानकारी गराउनसमेत आग्रह गरिएको छ।
प्रशासनले डिजिटल सुरक्षामा सचेत रहन र शंकास्पद गतिविधिबाट टाढा रहन सर्वसाधारणलाई अपिल गरेको छ।















Discussion about this post