इटहरी : कोशी प्रदेशमा तीव्र हावाहुरीसहित वर्षा, असिना र चट्याङको सम्भावित जोखिमपछि सरकारी तथा स्थानीय संयन्त्र उच्च सतर्कतामा राखिएका छन्।
जल तथा मौसम विज्ञान विभागले शनिबार प्रदेशका विभिन्न क्षेत्रमा प्रतिकूल मौसमको पूर्वानुमान गरेपछि प्रशासन र सुरक्षा निकाय सक्रिय बनेका हुन्।
जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रशासन कार्यालय सुनसरी, जिल्ला प्रशासन कार्यालय धनकुटासहित विभिन्न जिल्ला र स्थानीय तहले सार्वजनिक सूचना जारी गर्दै नागरिकलाई सावधानी अपनाउन आग्रह गरेका छन्।
प्रदेश प्रहरीका अनुसार १४ वटै जिल्लामा उद्धार तथा राहतका लागि जनशक्ति र साधन तयारी अवस्थामा राखिएको छ।
मौसमको प्रभाव विराटनगर, धरान र धनकुटामा बढी पर्ने अनुमान गरिएको छ। स्थानीय तहहरूले जनचेतना बढाउन सूचना प्रवाह तीव्र बनाएका छन्।
प्रशासनले नागरिकलाई अनावश्यक बाहिर ननिस्कन, सुरक्षित स्थानमा बस्न र जोखिमयुक्त संरचनाबाट टाढा रहन आग्रह गरेको छ। यातायात क्षेत्रमा पनि सतर्कता अपनाउन निर्देशन दिइएको छ।
सरकारले सम्भावित विपद्को सामना गर्न समन्वयात्मक तयारी अघि बढाएको जनाएको छ।












Discussion about this post