नेपाल विद्युत प्राधिकरणमा पुनः कुलमान घिसिङलाई नै कार्यकारी निर्देशक बनाउन माग गर्दैै इटहरीमा प्रदर्शन गरिएको छ ।
घिसिङको समर्थनमा इटहरी चोकमा शुक्रबार शान्तिपुर्ण प्रर्दशन गरिएको हो । साझा युवा संगठन प्रदेश न १ संयोजक सरोज नेपालले कुलमानलाई पुनः नियुक्ति दिनुको विकल्प नरहेको बताए ।
नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्याकारी प्रमुख रहेका कुलमान घिसिङको केहि दिन अघि मात्रै कार्यकाल सकिएको थियो ।
चुनावमा हारेका आफन्त र आफ्नो भक्तिगान मात्र गाउनेलाई सरकारले धमाधम विभिन्न पदमा नियुक्ति गरिरहेको भन्दै घिसिङजस्ता इमान्दार राष्ट्रसेवकलाई पुनःनियुक्ति गर्नुपर्ने युवाहरुले माग गरेका थिए ।













Discussion about this post