Wednesday, September 2, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

भोजपुर : ग्रामीण भेगका किसान चैते धान रोप्नमा व्यस्त

रासस by रासस
चैत्र १५, २०८२
in विविध, समाचार
0
प्रदेश १ मा १८ प्रतिशत रोपाइँ, सुनसरी, मोरङ र झापामा १४ प्रतिशत क्षेत्रफलमा रोपाइँ

सांकेतिक तस्वीर । तस्वीर : गुगल ।

58
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : भोजपुरका ग्रामीण भेगका किसान यति बेला चैते धान रोप्नमा व्यस्त छन् । हिउँदयाम सकिएसँगै तापक्रम बढ्न थालेपछि किसानहरू धान रोपाइँमा जुटेका हुन् ।

जिल्लाका हतुवागढी, अरुण, षडानन्द नगरपालिकालगायतका स्थानीय तहमा रहेका सिँचाइ सुविधा भएका फाँटमा अहिले रोपाइँको चटारो देखिएको छ ।

समयमै रोपाइँ गर्न सके उत्पादन राम्रो हुने विश्वासका साथ किसान बिहानदेखि बेलुकासम्म खेतमा खटिएका छन् । हतुवागढी गाउँपालिका–२ का जयबहादुर थापाका अनुसार चैते धान बाली छोटो अवधिमा पाक्ने भएकाले यसबाट वर्षे धानभन्दा छिट्टै आम्दानी लिन सकिन्छ । यसले घरायसी उपभोगसँगै अतिरिक्त आम्दानीको स्रोतसमेत बढाएको उनको भनाइ छ ।

कावाखोला किनार क्षेत्रका राजा–१२, बिजी र तौली जातका हिउँदे धानको खेतीसमेत यहाँ हुँदै आएको थापाले जानकारी दिए । फागुन अन्तिमदेखि चैतको अन्तिमसम्म हिउँदे धान रोप्ने चलन रहेको उनी बताउँछन् । आफूले बर्सेनि ४५ देखि ५० मुरीसम्म हिउँदे धान उत्पादन गर्दै आएको उनले बताए ।

“हामी यो समयमा चैते धान रोप्नमा व्यस्त छौँ”, उनले भने, “यति बेला रोपेको धान असार अन्तिमदेखि साउनको पहिलो सातासम्म भण्डारणयोग्य हुन्छ, त्यसपछि पुनः अर्को बाली लगाउँछौँ ।”

यद्यपि पर्याप्त सिँचाइको अभाव, मलखादको कमी र श्रमिक अभावका कारण समस्या देखिएको किसानको गुनासो छ । सिँचाइ सुविधा नपुगेका क्षेत्रमा भने रोपाइँ ढिला हुने अवस्था छ ।

दुई नगरपालिका र सात गाउँपालिका रहेको भोजपुरमा करिब १२ हजार १५४ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार जिल्लामा यस वर्ष ३६ हजार ९९८ मेट्रिक टन धान उत्पादन भएको छ ।

परम्परा र संस्कृति बचाउन देवाली थान संरक्षणमा लगानी

हतुवागढी गाउँपालिका–१ घोडेटारले स्थानीय संस्कार तथा संस्कृतिको संरक्षणमा सक्रिय पहल थालेको छ । पुस्तौँदेखि चल्दै आएको मौलिक परम्परालाई जोगाउँदै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यसहित वडाले विभिन्न सांस्कृतिक धरोहरहरूको संरक्षण तथा प्रवर्द्धनमा जोड दिएको हो ।

स्थानीयले मान्दै आएको परम्परागत संस्कृतिलाई पुनर्जीवन दिने लक्ष्यका साथ खप्तरी बस्नेत समुदायसँग सम्बन्धित ‘देवाली थान’को संरक्षण कार्य अघि बढाइएको हतुवागढी–१ का वडाध्यक्ष कुमार विष्टले जानकारी दिए । धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण उक्त थानको संरक्षणले स्थानीय पहिचान जोगाउन महत्त्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ ।

गाउँपालिका र वडा कार्यालयको सहकार्यमा विभिन्न आर्थिक वर्षमा गरी रु चार लाख ५० हजारको लागतमा देवाली थान संरक्षण गरिएको वडाध्यक्ष विष्टले बताए ।

“स्थानीय संस्कार–संस्कृतिको संरक्षणमा हामी प्रतिबद्ध छौँ”, उनले भने, “विभिन्न जातजातिका परम्परा र पहिचानसँग जोडिएका यस्ता सम्पदाहरूको संरक्षणलाई निरन्तरता दिएका छौँ ।”

पछिल्लो समय आधुनिकता र तीव्र बसाइसराइका कारण गाउँघरमा परम्परागत संस्कार हराउँदै जान थालेपछि यसको संरक्षणमा विशेष ध्यान दिइएको उनले उल्लेख गरे । स्थानीय तहको प्राथमिकतामा परेका पुराना संस्कृति, रीतिरिवाज तथा धार्मिकस्थलहरूको संरक्षणले परम्परा जोगाउन टेवा पुगेको स्थानीयवासी विनोद बस्नेतले बताए ।

“पहिले देवाली थानको संरक्षण नहुँदा विभिन्न समस्या थिए”, उनले भने, “अहिले स्थानीय सरकारको सहयोगमा घेराबारसहित संरक्षण भएपछि पूजा–आराधना गर्न सहज भएको छ । यसबाट करिब एक सय बस्नेत घरपरिवार प्रत्यक्ष लाभान्वित भएका छन् ।”

यस्ता प्रयासले नयाँ पुस्तालाई आफ्नै संस्कृति र पहिचानप्रति सचेत बनाउन महत्त्वपूर्ण भूमिका खेलेको उनको विश्वास छ ।

गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईका अनुसार स्थानीय तहले विभिन्न जातजातिका धार्मिक तथा सांस्कृतिक स्थलको संरक्षण, पुनर्निर्माण तथा प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसले संस्कृतिको दिगो संरक्षणसँगै स्थानीय आर्थिक तथा पर्यटन विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

Tags: #भोजपुर#राससधान
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

मोरङका सरकारी कार्यालयमा बिचौलियाविरुद्ध प्रशासनको ‘एक्सन’, ३० जना पक्राउ
पर्यावरण

मोरङमा बाढीपीडितका लागि ९८ लाखभन्दा बढी आर्थिक सहयोग सङ्कलन

by टाकुरा न्यूज । इटहरी
भदौ १७, २०८३
0

विराटनगर । मोरङ जिल्ला प्रशासन कार्यालयले नेपाल-चीन बाढी प्रभावितहरूको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त आर्थिक...

कोशी ब्यारेज पुल
समाचार

कोशी ब्यारेजमा पानीको बहाव खतराको तहमा, २७ वटा ढोका खोलिए

by टाकुरा न्यूज । इटहरी
भदौ १७, २०८३
0

इटहरी। कोशी ब्यारेजमा पानीको बहाव खतराको तहमा पुगेको छ। बुधबार बेलुका ५ः०४ बजे गरिएको मापनअनुसार कोशी ब्यारेजमा पानीको बहाव २...

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

५० हजार रुपैयाँ घुससहित विद्युत प्राधिकरण इटहरीका कर्मचारी पक्राउ

भदौ १७, २०८३
इटहरीकी एक महिलाले दुई छोरी र एक छोरासहित सप्तकोसीमा हाम्फाल्न लाग्दा प्रहरीद्वारा उद्वार

मोटरसाइकलमा गाँजा तस्करी, सुनसरीमा दुई जना पक्राउ

भदौ १७, २०८३
भोजपुरमा वन पैदावारबाट ९ करोड ६९ लाख राजस्व

भोजपुरमा वन पैदावारबाट ९ करोड ६९ लाख राजस्व

भदौ १७, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

सुनसरीमा उद्योग परिसरमै क्रेनले किच्दा मजदुरको मृत्यु

भदौ १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङका सरकारी कार्यालयमा बिचौलियाविरुद्ध प्रशासनको ‘एक्सन’, ३० जना पक्राउ

मोरङमा बाढीपीडितका लागि ९८ लाखभन्दा बढी आर्थिक सहयोग सङ्कलन

भदौ १७, २०८३
कोशी ब्यारेज पुल

कोशी ब्यारेजमा पानीको बहाव खतराको तहमा, २७ वटा ढोका खोलिए

भदौ १७, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

५० हजार रुपैयाँ घुससहित विद्युत प्राधिकरण इटहरीका कर्मचारी पक्राउ

भदौ १७, २०८३
इटहरीकी एक महिलाले दुई छोरी र एक छोरासहित सप्तकोसीमा हाम्फाल्न लाग्दा प्रहरीद्वारा उद्वार

मोटरसाइकलमा गाँजा तस्करी, सुनसरीमा दुई जना पक्राउ

भदौ १७, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    307 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    281 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.