इटहरी : नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले सडक सुरक्षा र दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सवारी चालकहरूको लागूपदार्थ सेवन तथा मादक पदार्थ सेवन परीक्षण कार्यक्रम सञ्चालन गरेको छ।
चेकजाँचका क्रममा ३२ जना चालकको लागूपदार्थ सेवन परीक्षण गरिएकोमा २ जना अटो चालक र ४ जना बस चालकमा लागूपदार्थ सेवन गरेको पुष्टि भएको प्रहरीले जनाएको छ।
त्यसैगरी १ जना मोटरसाइकल चालकमा मादक पदार्थ सेवन गरेको पाइएको छ।
पक्राउ परेका ७ जना चालकलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय धरान पठाइएको छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रहरी उपरीक्षक दिपक गिरीको उपस्थितिमा चेकजाँच गरिएको थियो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीको आयोजना, धरान उपमहानगरपालिकाको सहकार्य तथा इलाका प्रहरी कार्यालय धरानका प्रमुख र सञ्चारकर्मीहरूको उपस्थितिमा धरानको तीनकुनेस्थित कोशी लोकमार्गमा सञ्चालनमा रहेका विभिन्न सवारी साधनका चालकहरूको परीक्षण गरिएको थियो।












Discussion about this post