Wednesday, July 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

भोजपुर : जलस्रोत संरक्षणसँगै थलथले पोखरीको स्तरोन्नति

रासस by रासस
चैत्र १८, २०८२
in विविध, समाचार
0
56
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : जलस्रोत संरक्षण र पर्यटन प्रवर्द्धनलाई सँगै अघि बढाउने उद्देश्यका साथ भोजपुरको हतुवागढी गाउँपालिका–१ मा अवस्थित थलथले पोखरीको संरक्षण तथा स्तरोन्नति गरिएको छ ।

प्राकृतिक स्रोतको दिगो व्यवस्थापन गर्दै स्थानीय आर्थिक विकासमा टेवा पुर्‍याउने लक्ष्यसहित गाउँपालिकाले यो पहल अघि बढाएको हो ।

वर्षौँदेखि स्थानीयका लागि पानीको महत्त्वपूर्ण स्रोतका रूपमा रहेको थलथले पोखरी पछिल्लो समय संरक्षण अभावका कारण जीर्ण बन्दै गएको थियो । पोखरी वरपर झारपात बढ्नु, संरचना कमजोर बन्दै जानु तथा पानीका मुहानहरू जोखिममा पर्न थालेपछि यसको संरक्षण गरिएको हो । पोखरीको आवश्यकतालाई मध्यनजर गर्दै वडा कार्यालय र गाउँपालिकाको साझेदारीमा संरक्षण कार्य सुरु गरिएको हो ।

पोखरीभन्दा तल रहेका पानीका मुहानहरूको संरक्षणलाई विशेष प्राथमिकतामा राखिएको छ । ती मुहानहरू स्थानीय बासिन्दाको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका छन्, जसले खानेपानी र सिँचाइको प्रमुख आधारका रूपमा काम गर्दै आएका छन् । मुहान जोगाउने उद्देश्यले पोखरी क्षेत्र वरपर सरसफाइ, माटो कटान नियन्त्रण, संरचनागत सुधारका काम गरिएको वडाध्यक्ष कुमार विष्टले जानकारी दिए ।

वडाध्यक्ष विष्टका अनुसार वडा कार्यालय र गाउँपालिकाको करिब रु सात लाख ५० हजारको लगानीमा पोखरी संरक्षण गरिएको हो ।

“हामीले जलस्रोत संरक्षणलाई पहिलो प्राथमिकतामा राखेका छौँ,” वडाध्यक्ष विष्टले भने, “यससँगै पर्यटन विकासलाई जोडेर स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने र आर्थिक गतिविधि बढाउने लक्ष्य पनि लिएका छौँ ।”

थलथले पोखरी जोर आहल–संखामचुली पदमार्ग नजिकै पर्ने भएकाले यसको रणनीतिक महत्त्व अझ बढेको छ । पछिल्लो समय यो पदमार्ग आसपासका क्षेत्रहरूमा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गइरहेको सन्दर्भमा थलथले पोखरीलाई सोही मार्गको महत्त्वपूर्ण गन्तव्यका रूपमा विकास गर्न थालिएको हो ।

पदयात्रामा निस्कने पर्यटकका लागि यो स्थान विश्राम, अवलोकन र प्राकृतिक सौन्दर्यको अनुभूति लिन उपयुक्त स्थल बन्ने विश्वास गरिएको छ ।

पोखरी वरपरको हरियाली, शान्त वातावरण, चिसो हावा र प्राकृतिक दृश्यावलोकनले यस क्षेत्रलाई विशेष बनाएको छ । संरक्षणपछि पोखरीको स्वरूप आकर्षक बनेसँगै फोटो खिच्ने, घुमफिर गर्ने तथा समय बिताउने स्थानका रूपमा यसको सम्भावना बढेको स्थानीयवासी बाचिधन राईले बताए ।

उचित प्रचारप्रसार गर्न सकेमा थलथले पोखरी आन्तरिक पर्यटनको नयाँ केन्द्र बन्न सक्ने उनको भनाइ छ । पोखरी संरक्षणसँगै पानीको स्रोत सुरक्षित भएकाले वातावरणीय सन्तुलन कायम राख्न सहयोग पुगेको स्थानीयको भनाइ छ ।

गाउँपालिकाले आगामी दिनमा यस क्षेत्रलाई थप व्यवस्थित र आकर्षक बनाउन विभिन्न योजना अघि बढाउने गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए ।

स्थानीय समुदायको सहभागितामा संरक्षण र प्रवर्द्धनलाई निरन्तरता दिने उनको भनाइ छ । प्राकृतिक मुहानहरूको संरक्षणको लागि गाउँपालिकाले एक टोल एक पोखरीको अवधारणा अनुसार काम गरिरहेको अध्यक्ष राईले बताए । यहाँको प्राकृतिक स्रोतको संरक्षण र पर्यटन प्रवर्द्धनलाई एकीकृत रूपमा अघि बढाइएको छ ।

थलथले पोखरीको संरक्षणले केवल एक जलस्रोत जोगाउने मात्र नभई सामाजिक र पर्यावरणीय विकासमा सकारात्मक प्रभाव पार्ने स्थानीयको भनाइ छ ।

Tags: #भोजपुर#राससजलस्रोत
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

खोटाङमा सुतेकै अवस्थामा कैदीको मृत्यु
विविध

खोटाङमा सुतेकै अवस्थामा कैदीको मृत्यु

by रासस
असार ३१, २०८३
0

खोटाङ : जिल्ला कारागार खोटाङमा कैद भुक्तान गरिरहेका एक कैदीको सुतेकै अवस्थामा मृत्यु भएको छ । सवारी ज्यान मुद्दामा दिक्तेलस्थित...

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक
समाचार

कोशीमा लागूऔषधविरुद्धको अभियान : सुनसरी र झापाबाट चार जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
असार ३०, २०८३
0

इटहरी : कोशी प्रदेश प्रहरीले सञ्चालन गरिरहेको लागूऔषधविरुद्धको अभियानअन्तर्गत सुनसरी र झापाबाट चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट...

कोशीका कर्मचारीलाई ढाका, खादी र अल्लोका पोसाक अनिवार्य

कोशीका कर्मचारीलाई ढाका, खादी र अल्लोका पोसाक अनिवार्य

असार ३०, २०८३
पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भाचिँदा एकको मृत्यु, चार गम्भीर घाइते

माझीटार बस्ती जोगाउन हेंवा खोलामा तटबन्ध निर्माण

असार ३०, २०८३

१४ घातक रोगविरुद्ध खोप सुनिश्चित गर्दै कोशी प्रदेश पूर्णखोप सुनिश्चित प्रदेश घोषणा

असार ३०, २०८३
इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

असार ३०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

खोटाङमा सुतेकै अवस्थामा कैदीको मृत्यु

खोटाङमा सुतेकै अवस्थामा कैदीको मृत्यु

असार ३१, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

कोशीमा लागूऔषधविरुद्धको अभियान : सुनसरी र झापाबाट चार जना पक्राउ

असार ३०, २०८३
कोशीका कर्मचारीलाई ढाका, खादी र अल्लोका पोसाक अनिवार्य

कोशीका कर्मचारीलाई ढाका, खादी र अल्लोका पोसाक अनिवार्य

असार ३०, २०८३
पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भाचिँदा एकको मृत्यु, चार गम्भीर घाइते

माझीटार बस्ती जोगाउन हेंवा खोलामा तटबन्ध निर्माण

असार ३०, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    765 shares
    Share 306 Tweet 191
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    597 shares
    Share 239 Tweet 149
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    460 shares
    Share 184 Tweet 115
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    405 shares
    Share 162 Tweet 101
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    385 shares
    Share 154 Tweet 96

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.