झापा : झापाको भद्रपुर नगरपालिका–४ डाँगीबारी स्थितबाट ठूलो परिमाणमा लागूऔषध ब्राउनसुगर र विभिन्न देशका मुद्रासहित दुई जनालाई पक्राउ गरिएको छ।
लागूऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–४ स्थितमा शंकास्पद अवस्थामा रहेका भद्रपुर–४ का ३० वर्षीय बब्लु मर्डी र बिर्तामोड नगरपालिका–१ का २७ वर्षीय अनमोल गजमेरलाई नियन्त्रणमा लिइएको हो।
चेकजाँचको क्रममा उनीहरूको साथबाट २१८ ग्राम ५०० मिलिग्राम ब्राउनसुगरसहित ३ लाख २ सय ५०, अमेरिकी डलर ७५, भारतीय रुपैयाँ ५ सय ३०, पाकिस्तानी रुपैयाँ ५० र अस्ट्रेलियन डलर ५ बरामद भएको थियो।
चेकजाँचकै क्रममा इलाका प्रहरी कार्यालय अनारमनीले कन्काई नगरपालिका–९ कादेवुलाल राजबंशी, प्रमोद मल्लिक र श्याम चौधरीलाई १ ग्राम ७५० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ।
लागूऔषधसहित पक्राउ परेका उनीहरूको आवश्यक कानूनी कारबाही तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














Discussion about this post