Sunday, September 20, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीको अम्बे–कोशी सहकारीका पीडितलाई रकम फिर्ता सुरु

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र ३०, २०८२
in समाचार
0
इटहरीको अम्बे सहकारीका अध्यक्षसहित पाँच पक्राउ, बचतकर्ताको रकम अपचलनको आरोप
89
SHARES
Share on FacebookShare on Twitter

इटहरी : कोशी प्रदेश सरकारले समस्याग्रस्त घोषित इटहरीस्थित अम्बे–कोशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पीडित बचतकर्तालाई रकम फिर्ता गर्न सुरु गरेको छ।

कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पहिलो चरणमा साना बचतकर्तालाई प्राथमिकतामा राख्दै रकम वितरण थालेको हो।

उक्त सहकारीमा ९ हजार ४ सय ९२ जना बचतकर्ताको कुल ४२ करोड ६० लाख ९८ हजार ९६९ रुपैयाँ बचत रहेको छ भने ६४२ जना ऋणीमार्फत ४१ करोड ९३ लाखभन्दा बढी ऋण लगानी भएको देखिन्छ।

संस्थाका तत्कालीन अध्यक्ष फणिन्द्र बहादुर पूर्वछाने एक्लैले करिब २० करोड रुपैयाँ ऋण लिएको खुलेको छ। उनी हाल कारागारमा छन्।

समितिले सञ्चालक तथा अपचलनमा संलग्न व्यक्तिहरूको नाममा रहेको ४२ वटा जग्गा रोक्का गरिसकेको छ भने थप सम्पत्ति खोजी र कानुनी प्रक्रिया अघि बढाइरहेको छ।

हालसम्म १ हजार १७३ जना बचतकर्ताले २४ करोड ८८ लाखभन्दा बढी रकम दाबी गरेका छन्। बैंकमा रहेको रकम र ऋण असुलीबाट उठेको करिब १ करोड ३८ लाख रुपैयाँबाट अहिले वितरण सुरु गरिएको हो।

समितिका अनुसार रकम वितरण तीन चरणमा हुनेछ। पहिलो चरणमा २० हजार रुपैयाँसम्म बचत गरेका ३०८ जना साना बचतकर्तालाई नगद फिर्ता गरिँदैछ। दोस्रो चरणमा १ लाख रुपैयाँसम्म बचत गर्ने करिब ६०० जना बचतकर्तालाई राहत दिने योजना छ।

तेस्रो चरणका लागि प्रदेश सरकारले विनियोजन गरेको २ करोड रुपैयाँको चक्रीय कोष प्राप्त हुने प्रतीक्षामा समिति रहेको छ। उक्त कोष उपलब्ध भएपछि सबै दाबीकर्तालाई समेट्ने गरी राहत वितरण गरिने बताइएको छ।

ऋण असुलीलाई प्रभावकारी बनाउन समितिले ‘मिलापत्र’को प्रक्रिया अघि बढाएको छ, जसअन्तर्गत हालसम्म ५ वटा मिलापत्र सम्पन्न भइसकेका छन् भने ९ वटा धितो फुकुवा गरिएको छ। यसले ऋणीहरूलाई ऋण तिर्न सहज भएको र असुली प्रक्रिया तीव्र बनेको समिति बताउँछ।

समितिले सहकारी डुबाउने सञ्चालकहरूलाई जिम्मेवार बनाउने कडा नीति लिँदै सबै सञ्चालकहरूको सम्पत्ति रोक्का गरेको छ। संस्थाको हिसाब फरफारक नभएसम्म उनीहरूलाई उन्मुक्ति नदिइने स्पष्ट पारिएको छ।

प्रदेश सरकारको सक्रियता र साना बचतकर्तालाई प्राथमिकता दिने रणनीतिले सहकारी पीडितहरूमा केही आशा जगाएको छ। देशभर ३१ वटा सहकारी समस्याग्रस्त घोषणा भएको अवस्थामा कोशी प्रदेशले सुरु गरेको यो पहललाई नमुना अभ्यासका रूपमा हेरिएको छ।

Tags: #सहकारीरकम फिर्ता
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
FEATURE BREAKING

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

by टाकुरा न्यूज । इटहरी
अशोज ४, २०८३
0

उदयपुर। उदयपुरको चौदण्डीगढी नगरपालिका–२ डाँडागाउँमा घरायसी विवादका क्रममा धारिलो हतियार प्रहारबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा चौदण्डीगढी नगरपालिका–२...

कवि एवं रङ्गकर्मी प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ विमोचन
कला साहित्य

कवि एवं रङ्गकर्मी प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ विमोचन

by टाकुरा न्यूज । इटहरी
अशोज ३, २०८३
0

विराटनगर । अग्रज कवि तथा रङ्गकर्मी प्रयाग न्यौपानेको नयाँ कविता संग्रह ‘अन्पी मुसहरको माटो’ सार्वजनिक भएको छ। विराट साहित्य संगमले...

अरनिकोमा वादविवाद प्रतियोगिता, समीक्षा पौडेल प्रथम

अरनिकोमा वादविवाद प्रतियोगिता, समीक्षा पौडेल प्रथम

अशोज ३, २०८३
संविधानको पूर्ण कार्यान्वयन गर्दै गणतन्त्र सुदृढ गर्न मुख्यमन्त्री कार्कीको आह्वान

संविधानको पूर्ण कार्यान्वयन गर्दै गणतन्त्र सुदृढ गर्न मुख्यमन्त्री कार्कीको आह्वान

अशोज ३, २०८३
पूर्वमन्त्री भगवती चौधरीको पहलमा नुवाकोटका बाढीपीडित परिवारलाई राहत

पूर्वमन्त्री भगवती चौधरीको पहलमा नुवाकोटका बाढीपीडित परिवारलाई राहत

अशोज ३, २०८३
प्रहरीद्धारा आफैंलाई गोली प्रहार, अवस्था गम्भीर

देवानगञ्जमा फेरि गोली चल्यो, युवक घाइते

अशोज ३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

अशोज ४, २०८३
मनिष गाैतमका दुई गजल

मनिष गाैतमका दुई गजल

अशोज ३, २०८३
कवि एवं रङ्गकर्मी प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ विमोचन

कवि एवं रङ्गकर्मी प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ विमोचन

अशोज ३, २०८३
अरनिकोमा वादविवाद प्रतियोगिता, समीक्षा पौडेल प्रथम

अरनिकोमा वादविवाद प्रतियोगिता, समीक्षा पौडेल प्रथम

अशोज ३, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    960 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    518 shares
    Share 207 Tweet 130
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    299 shares
    Share 120 Tweet 75

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.