इटहरी : सुनसरीको कोशी गाउँपालिका–२ सरदार टोलमा लागूऔषध गाँजा कारोबार भइरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले देवकी सरदारको घरमा चेकजाँच तथा खानतलासी गर्दा किराना पसल रहेको कोठामा लुकाई–छिपाई राखिएको अवस्थामा ७५.३३ केजी गाँजा (पचहत्तर किलो तीन सय तीस ग्राम) फेला पारेको हो।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा कोशी गाउँपालिका–२ का ७० वर्षीय लक्ष्मी सरदार, ४२ वर्षीया देवकी सरदार र भारतको विहार राज्य, अररिया जिल्ला तिनखम्बा बेलहा बस्ने २६ वर्षीय सहवाज आलम रहेका छन्।
आलमले प्रयोग गरेको बीआर ३८ एजी ०५५९ नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
बरामद लागूऔषध, मोटरसाइकल तथा पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।















Discussion about this post