इटहरी : प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत वर्तमान सरकारको कार्यशैली र आर्थिक नीतिप्रति तीव्र असन्तुष्टि जनाएका छन्।
उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै सरकारमाथि कटाक्ष गरेका हुन्। उनले लेखेका छन्, “जनताको बाससम्म उठाउनेले आर्थिक नीति के ल्याएको होला? सुनले देश पहेंलोपूर बनाउने सोच त राख्या छैन?”
उनले गरीब तथा विपन्न वर्गको पक्षमा बोल्दा आलोचना खेप्नुपरेको भन्दै आक्रोशसमेत व्यक्त गरेका छन्।
साम्पाङले वर्तमान सरकारलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको शैलीसँग तुलना गर्दै “ओलीको नयाँ संस्करण” भन्दै टिप्पणी गरेका छन्। उनले राज्यको व्यवहारप्रति असन्तुष्टि जनाउँदै राज्यको दादागिरी लठ्ठी, बुट र बन्दुकमा आधारित भएको आरोपसमेत लगाएका छन्।
यस्तै, उनले विकास निर्माणभन्दा भत्काउने प्रवृत्ति हाबी भएको संकेत गर्दै “भत्काउन बाहेक केही गर्न नजानेको मान्छेले के निर्माण गर्छ, हेर्न बाँकी छ” भन्ने आशय व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमा सार्वजनिक उक्त अभिव्यक्तिपछि समर्थक र आलोचकबीच बहस चर्किएको छ।















Discussion about this post