Thursday, July 30, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home भिजिट नेपाल

बर्सेनि बढ्छन् पर्यटक, विद्युत् र इन्टरनेट समस्याले असहज

रासस by रासस
बैशाख १३, २०८३
in भिजिट नेपाल, विविध, समाचार
0
नयाँ वर्षमा चौरी महोत्सव हुँदै
63
SHARES
Share on FacebookShare on Twitter

पाँचथर : बर्सेनि पाँच हजारभन्दा बढी पर्यटक पुग्ने पाँचथरको पर्यटकीय क्षेत्र फालोटको मुख्य समस्या सडक, विद्युत् र इन्टरनेट हो ।

तीन हजार ४०० मिटर उचाइमा अवस्थित फालोटका चारराते–तीनसिमानालगायत क्षेत्रसम्म पुग्ने सडक व्यवस्थित हुनसकेको छैन भने विद्युत् र इन्टरनेटको प्रवाह सहज हुनसकेको छैन ।

नेपाल–भारत सीमावर्ती फालोट क्षेत्र उच्च पहाड भएका कारण यहाँ पुग्ने पर्यटकका लागि पर्याप्त सामग्री पुर्याउन गोठ सञ्चालक सक्षम छैनन् ।

यहाँका ३१ मध्ये करिब एक दर्जन गोठमा गोठबास (गोठस्टे) सञ्चालन गरी पर्यटकलाई सेवा दिने गरिएको छ । तर पूर्वाधार अभावका कारण पर्यटकलाई अपेक्षित सेवा दिन नसकिएको फालोट याक गोठस्टेका सञ्चालक चन्द्रलाल नेपालले बताए ।

“अहिले यहाँ सडक, विद्युत् र इन्टरनेटको समस्या मुख्य छ”, नेपालले भने, “वर्षा भएपछि सवारीसाधनलाई यहाँ पुर्याउन कठिन पर्छ ।”

फिदिम–फालोट सडकको प्राङबुङबाट चारराते तथा मेमेङबाट तीनसिमानासम्म सडक विस्तार भएको छ । मोटरबाटो स्तरोन्नतिको काम बर्सेनि हुँदै आए पनि वर्षा भएपछि सवारी सञ्चालनमा कठिनाइ हुने गरेको छ ।

“बाटो सहज भइदिने यहाँ आइपुग्ने पर्यटकको सङ्ख्या बढ्थ्यो । नागरिकले चाहेर पनि आउन सकेका छैनन्”, नेपालले भने “उच्च पहाड भएका कारण यहाँ सामग्री व्यवस्थापन गर्न असाध्यै कठिन पर्छ । सवारीसाधनमा सामग्री हालेर ल्याउनै कठिन छ ।”

सरकारले फालेलुङ गाउँपालिका–५ प्राङबुङदेखि चाररातेसम्मको सडकलाई बाह्रैमास सञ्चालनयोग्य बनाउनुपर्ने यहाँका बासिन्दाको माग छ ।

चौँरीपालक किसानको संस्था कञ्चनजङ्घा याक चौँरीपालक समूहका अध्यक्ष रामचन्द्र गुरुङका अनुसार दैनिक उपभोग्य सामग्री पुर्याउनै कठिन हुन्छ ।

“भारततर्फ बाटो राम्रो भए पनि सवारीसाधन सञ्चालनमा रोक लगाउने गरिन्छ । भारतीय पक्षले नेपाली सवारीसाधन नचलुन् भन्ने चाहन्छ”, गुरुङले भने, “प्रतिबन्ध नै त छैन, तर उतातिर नचलुन् भन्ने चाहना रहेको बुझिन्छ । जसकारण नेपालतर्फबाट सामग्री ढुवानी र निकासी गर्न धेरै समस्या पर्छ ।”

यस्तै उच्च पहाडमा भएका कारण विद्युत् आपूर्ति पटकपटक अवरुद्ध हुने हुँदा गोठ सञ्चालकले समस्या भोग्ने गरेका छन् । यहाँ नेपाल टेलिकमको नेटवर्कले पछिल्लो समय काम गर्न थाले पनि इन्टरनेट सेवामा भने समस्या छ ।

विसं २०७४ देखि नयाँ वर्षमा यहाँ महोत्सव आयोजना गर्न थालिएपछि पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ भने चौँरीजन्य सामग्रीले राम्रो बजार पनि पाउने गरेका छन् । नवौँ चौँरी पर्यटन महोत्सवसम्म आइपुग्दा चौँरीमा आधारित सामग्री बिक्री बढेको छ ।

महोत्सवकै कारण अहिले देशका विभिन्न भाग तथा भारत, भुटान, बङ्गलादेशलगायतबाट पर्यटक आउन थालेका छन् ।

फालेलुङ गाउँपालिकाका उपाध्यक्ष महेन्द्रहाङ जबेगू पूर्वाधार र प्रचारप्रसारमा प्रदेश र सङ्घीय सरकारले सहयोग गरे पयर्टकको सङ्ख्या झनै बढ्ने बताउछन् ।

उनका अनुसार सडकको स्तरोन्नति, पर्यटन सूचना केन्द्र, गोठबासलाई थप व्यवस्थित गर्न, शौचालय निर्माणलगायतमा लगानी गर्नुपर्ने आवश्यकता रहेछ । नेपाल–भारत सीमावर्ती यस स्थानमा वर्षायामका केही महिनाबाहेक सधैँ पर्यटक पुग्ने गर्दछन् ।

औसतमा एक वर्षमा पाँच हजारभन्दा बढी पर्यटक यहाँ पुग्ने गरेका गोठ सञ्चालकको भनाइ छ ।

सयौँ चौँरीको बथान हेर्ने, यहाँबाट नेपाल, भारत र भुटानका हिमशृङ्खलाको दृश्यावलोकन गर्ने, ढकमक्क फुलेको गुराँस र चिमलको रङमा हराउनमै धेरै पर्यटक व्यस्त हुन्छन् ।

हिमाली संस्कृतिको जीवन्त प्रस्तुतिसँग साक्षात्कार गर्न पाउँदा सबैले यस नेपाल–भारत सीमावर्ती उच्च पहाडले आकर्षित गर्ने गरेको छ ।

Tags: #पाँचथर#रासस
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

सुनसरी : सामाजिक सद्भाव कायम राख्न सर्वपक्षीय सहमति
FEATURE BREAKING

देवानगञ्ज घटनापछि सुनसरी प्रशासनमा सर्वपक्षीय छलफल, यस्ता छन् पाँचबुँदे प्रतिबद्धता

by टाकुरा न्यूज । इटहरी
साउन १३, २०८३
0

इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न तनावलाई मध्यनजर गर्दै सरोकारवाला पक्षहरूले जिल्लामा शान्ति, सुरक्षा र सामाजिक सद्भाव...

कोशीमा खेल प्रशिक्षकको असमान वितरण, कतै १२ जना, कतै एक जना पनि छैन
खेलकुद

कोशीमा खेल प्रशिक्षकको असमान वितरण, कतै १२ जना, कतै एक जना पनि छैन

by टाकुरा न्यूज । इटहरी
साउन १३, २०८३
0

विराटनगर : कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा खेल प्रशिक्षकहरूको संख्यामा ठूलो भिन्नता देखिएको छ। प्रदेशका १४ वटा जिल्लामा खेल र खेलाडीको...

सुनसरी घटनाको छानबिन समितिमा फरेन्सिक र ब्यालिस्टिक विज्ञ थप

सुनसरी घटनाको छानबिन समितिमा फरेन्सिक र ब्यालिस्टिक विज्ञ थप

साउन १३, २०८३
कोशी सरकारको घोषणा : मृतकका परिवारलाई दुई लाख, घाइते र पीडितलाई ५० हजार राहत

कोशी सरकारको घोषणा : मृतकका परिवारलाई दुई लाख, घाइते र पीडितलाई ५० हजार राहत

साउन १३, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा कारको ठक्करबाट ९२ वर्षीया वृद्धाको निधन

साउन १३, २०८३
नेपालमा बाघको संख्या ३३५ बाट बढेर ४२९ पुग्यो

नेपालमा बाघको संख्या ३३५ बाट बढेर ४२९ पुग्यो

साउन १३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरी : सामाजिक सद्भाव कायम राख्न सर्वपक्षीय सहमति

देवानगञ्ज घटनापछि सुनसरी प्रशासनमा सर्वपक्षीय छलफल, यस्ता छन् पाँचबुँदे प्रतिबद्धता

साउन १३, २०८३
कोशीमा खेल प्रशिक्षकको असमान वितरण, कतै १२ जना, कतै एक जना पनि छैन

कोशीमा खेल प्रशिक्षकको असमान वितरण, कतै १२ जना, कतै एक जना पनि छैन

साउन १३, २०८३
सुनसरी घटनाको छानबिन समितिमा फरेन्सिक र ब्यालिस्टिक विज्ञ थप

सुनसरी घटनाको छानबिन समितिमा फरेन्सिक र ब्यालिस्टिक विज्ञ थप

साउन १३, २०८३
कोशी सरकारको घोषणा : मृतकका परिवारलाई दुई लाख, घाइते र पीडितलाई ५० हजार राहत

कोशी सरकारको घोषणा : मृतकका परिवारलाई दुई लाख, घाइते र पीडितलाई ५० हजार राहत

साउन १३, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    631 shares
    Share 252 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.