Friday, May 1, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

झापा : हात्ती र चितुवा दिनैपिच्छे मानव बस्तीमा

रासस by रासस
बैशाख १८, २०८३
in समाचार
0
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी
53
SHARES
Share on FacebookShare on Twitter

झापा : बुद्धशान्ति र मेचीनगरमा हात्ती र चितुवा दिनैपिच्छे मानव बस्तीमा आउन थालेपछि जनजीवन त्रसित भएको छ ।

बुद्धशान्ति गाउँपालिका–२ स्थित चिया बगानमा बुधबार दिनभर दुई वटा भाले हात्ती भौँतारिएका थिए । मानवीय क्षति नहोस् भनेर चिया बगानमा दिनभर सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले हात्तीको निगरानी गरेको थियो ।

“गाउँ पसेर क्षति गर्ला कि भन्ने त्रास छँदै थियो”, हात्तीको निगरानीमा खटिएका इलाका प्रहरी कार्यालय बुधबारेका इन्चार्ज चन्द्र राउतले भने, “बिहानै बगानमा देखा परेको दुई हात्तीलाई हेर्न ठुलो सङ्ख्यामा वरिपरि भेला भएको भीडलाई हटाउन हम्मे हम्मे पर्‍यो ।”

चिया बगान वरिपरिको भीड हटाउन प्रहरीले माइकिङ गरेको थियो । दिनभर बगानमा भौँतारिएको हात्ती राति जङ्गलतिर लागेको थियो ।

यसैगरी, मेचीनगर नगरपालिका–५ मा चितुवाले पशुधनमा क्षति पुर्‍याइरहेको छ । चितुवाले बाख्रा र सुँगुर दिनैपिच्छे खाने गरेको वडाध्यक्ष कनक कार्कीले बताए ।

विगत वर्षदेखि नै मेचीनगर–१, २, ३, ४ र ५ मा चितुवाले स्थानीयवासीलाई त्रसित बनाएको हो । स्थानीयको पहलमा चितुवालाई लखेट्न युवाहरू जोखिम मोलेर रात्रि गस्तीमा हिँड्ने र पासो थाप्दै आएका थिए ।

तर, चितुवा नियन्त्रण गर्न नसकिएपछि मेचीनगर नगरपालिकाले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र वन डिभिजन कार्यालयसँग सहयोग मागेको छ ।

मेचीनगरका नगरप्रमुख गोपाल बुढाथोकीले प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललगायत जिल्लाका प्रहरी र बन कार्यालयका प्रमुखलाई भेटेर चितुवा नियन्त्रणमा सहयोग गरिदिन आग्रह गरिएको बताए ।

केही साताअघि बुद्धशान्ति गाउँपालिकामा गाउँ पसेको एउटा चितुवा नियन्त्रणमा लिने क्रममा मरेको थियो । जिल्लाको उत्तरी भेगका बुद्धशान्ति र मेचीनगरमा भारतबाट चितुवा आउने गरेको छ ।

Tags: #झापा#राससमावन–हात्ती द्वन्द्व
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?
समाचार

लागूऔषधसहित पाँच जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख १८, २०८३
0

विराटनगर : झापा, सुनसरी र इलामबाट लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट लागूऔषध नियन्त्रण व्यूरो...

मोरङमा मापदण्डविपरीत सञ्चालित दुई क्रसर उद्योग बन्द 
FEATURE BREAKING

मोरङमा मापदण्डविपरीत सञ्चालित दुई क्रसर उद्योग बन्द 

by टाकुरा न्यूज । इटहरी
बैशाख १८, २०८३
0

मोरङ : मोरङ जिल्लामा मापदण्डविपरीत सञ्चालन र अनधिकृत उत्खनन गरेको आरोपमा चिसाङ खोला किनारका दुई क्रसर उद्योग १३ दिनदेखि बन्द गरिएका...

तेह्रथुम : पाँच वर्षदेखि नापी कार्यालयको भवन प्रयोगविहीन

तेह्रथुम : पाँच वर्षदेखि नापी कार्यालयको भवन प्रयोगविहीन

बैशाख १८, २०८३
सुनसरीमा सुकुम्बासीको केन्द्र धरान, दोस्रोमा इटहरी

सुनसरीमा सुकुम्बासीको केन्द्र धरान, दोस्रोमा इटहरी

बैशाख १७, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा विद्यार्थी बोकेको बस दुर्घटना

बैशाख १७, २०८३
निर्वाचनमा अन्तरघात गरेको भन्दै कोशीका मन्त्रीलाई कांग्रेसले सोध्यो स्पष्टीकरण 

निर्वाचनमा अन्तरघात गरेको भन्दै कोशीका मन्त्रीलाई कांग्रेसले सोध्यो स्पष्टीकरण 

बैशाख १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?

लागूऔषधसहित पाँच जना पक्राउ

बैशाख १८, २०८३
मोरङमा मापदण्डविपरीत सञ्चालित दुई क्रसर उद्योग बन्द 

मोरङमा मापदण्डविपरीत सञ्चालित दुई क्रसर उद्योग बन्द 

बैशाख १८, २०८३
तेह्रथुम : पाँच वर्षदेखि नापी कार्यालयको भवन प्रयोगविहीन

तेह्रथुम : पाँच वर्षदेखि नापी कार्यालयको भवन प्रयोगविहीन

बैशाख १८, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापा : हात्ती र चितुवा दिनैपिच्छे मानव बस्तीमा

बैशाख १८, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1514 shares
    Share 606 Tweet 379
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    648 shares
    Share 259 Tweet 162
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    469 shares
    Share 188 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    387 shares
    Share 155 Tweet 97
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    379 shares
    Share 152 Tweet 95

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.