मोरङमा एक माछा पोखरीमा डुबेर आमासहित दुई छोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख सन्तोष खड्काका अनुसार मृत्यु हुनेमा ग्रामथान वडानम्बर ४ मोतीपुरका एकै परिवारका ३ सदस्य रहेका छन् ।
खड्काका अनुसार स्थानीय रुद्र कट्वालको सो पोखरीमा अधिकारी परिवार माछा रुग्ने माछाको हेरचार गर्ने काम गर्दै आएका थिए।
आइतवार साँझ पोखरीमा चारो हाल्न जाने क्रममा २ छोरी र आमाको डुबेर ज्यान गएको प्रारम्भिक अनुसन्धानमा देखिएपनि अन्य के कारण हुनसक्छ अनुसन्धान जारी रहेको उनको भनाइ रहेको छ ।
मृत्युहुनेमा ३५ वर्षिय आमा सीता अधिकारी र छोरीहरू ९ वर्षीया कृति र १३ वर्षीया पवित्रा रहेका छन् ।
माछालाइ चारो दिएर नुहाउने क्रममा छोरीहरू पानीमा डुबेको भनिएको छ । खड्काले भने उनीहरूलाइ बचाउँन खोज्दा आमाको पनि पोखरीमा परेर मृत्यु भएछ । हामीले यो घटनाको बारे अनुसन्धान गरिरहेका छौं उनले भने
प्रहरीका अनुसार मृतकको शव पोष्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पतालमा राखिएको छ ।














Discussion about this post