इटहरी : इटहरी उपमहानगरपालिका–१८ रैहिपुरबाट लागूऔषध ब्राउनसुगरसहित बाबु–छोरा पक्राउ परेका छन्।
लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको संयुक्त प्रहरी टोलीले स्थानीय ४८ वर्षीय सितल चौधरीको घरमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा ब्राउनसुगर ३.४८ ग्राम पदार्थ फेला परेपछि प्रहरीले सितल र उनका २३ वर्षीय छोरा शुसान्त चौधरीलाई नियन्त्रणमा लिएको जनाएको छ।
उनीहरूको साथबाट डिजिटल तराजु १ थान, को २३ प ६४१८ र मे १ प ३९९५ नम्बरका दुई वटा मोटरसाइकल, नगद ८१ हजार ३४० रुपैयाँ तथा दुई थान मोबाइलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनामाथि इलाका प्रहरी कार्यालय पकलीमा राखेर थप अनुसन्धान भइरहेको छ।














Discussion about this post