Thursday, October 29, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

दूधकोशी-सुनकोशीमा दुई झोलुङ्गे पुल बनेपछि खोटाङ, ओखलढुङ्गा र उदयपुर जोडिए

रासस by रासस
जेष्ठ १७, २०८३
in विविध, समाचार
0
दूधकोशी-सुनकोशीमा दुई झोलुङ्गे पुल बनेपछि खोटाङ, ओखलढुङ्गा र उदयपुर जोडिए
67
SHARES
Share on FacebookShare on Twitter

खोटाङ : दूधकोशी र सुनकोशी नदीको सङ्गमस्थल ज्योर्तीघाटमा एकैसाथ दुई वटा झोलुङ्गे पुल निर्माण गरेर सञ्चालनमा ल्याइएको छ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१ बहुनीडाँडास्थित ठुलोढुङ्गा, ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका-६ हिलेपानी र उदयपुरको कटारी नगरपालिका-१४ लेखानीलाई जोड्ने गरी दूधकोशी र सुनकोशीमा दुई वटा झोलुङ्गे पुल निर्माण गरिएको हो।

जोर्तीघाटमा निर्माण गरिएका झोलुङ्गे पुल सञ्चालनमा आएपछि तीन जिल्लाका नागरिकलाई सहज रूपमा आवागमन गर्ने वातावरण बनेको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख विमला राईले बताइन्।

“पुलले पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण तथा आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण भूमिका खेल्नेछ । पुल सञ्चालनसँगै खोटाङ, ओखलढुङ्गा र उदयपुरका स्थानीयलाई आवतजावतमा सहज भएको छ”, उनले भनिन् ।

पुल सञ्चालन भएपछि विद्यार्थी, किसान, व्यापारी तथा सर्वसाधारणलाई प्रत्यक्ष लाभ पुगेको नगरप्रमुख राईको भनाइ छ। तीन जिल्लाको सङ्गमस्थल जार्तीघाटमा बनेका यी दुई झोलुङ्गे पुलले विकास, सम्भावना र सामाजिक एकताको नयाँ सेतु निर्माण गरेको उनले बताइन्।

खोटाङ र ओखलढुङ्गा जोड्ने दूधकोशीको पुल १३४ मिटर तथा ओखलढुङ्गा र उदयपुर जोड्ने सुनकोशीको झोलुङ्गे पुल १७८ मिटर लामो छ । विसं २०७९ साउन ६ गते सस्पेन्सन ब्रिज डिभिजन र निर्माण कम्पनी श्री अपर तामाकोशी जेके जेभीबीच सम्झौता भई दुई वटा झोलुङ्गे पुल निर्माण गरिएको नगरप्रमुख राई जानकारी दिइन्।

झोलुङ्गे पुलको औपचारिक उद्घाटन १९औँ गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते गरिएको थियो । दुवै झोलुङ्गे पुल राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई ‘व्याकुल माहिला’को पहलमा निर्माण गरिएको हो।

पुल उद्घाटन कार्यक्रममा खोटाङका किरात समुदायले साकेला सिली तथा सांस्कृतिक झाँकी प्रस्तुत गर्नुका साथै तीन जिल्लाका स्थानीयले कोशी किनारमा पूजाआजासमेत गरेका थिए ।

दूधकोशी र सुनकोशीको दुईवटा झोलुङ्गे पुल करिब रु तीन करोड ३१ लाख लागतमा निर्माण सम्पन्न भएको सस्पेन्सन ब्रिज डिभिजन, पुलचोकका योजना प्रमुख शङ्कर बुढाथोकीले जानकारी दिए।

लामो समय डुङ्गाको सहारामा दूधकोशी र सुनकोशी वारपार गर्दै आएका स्थानीय ढिलै भए पनि जोर्तीघाटमा सुविधा सम्पन्न पुल एकैसाथ सञ्चालनमा आएपछि हर्षित भएका छन् । ती पुल सञ्चालनमा भएपछि पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने विश्वास गरिएको छ।

“जोर्तीघाटका यी दुई झोलुङ्गे पुलले तीन जिल्लालाई एउटै ठाउँमा जोडेको छ । साथै यी पुल एउटै जीपबाट बनेका छन् । यी दुवै पुलको जीप ओखलढुङ्गातर्फ एउटै छ”, योजना प्रमुख बुढाथोकीले भने।

उनका अनुसार एउटै जीपबाट बनेका दुई वटा झोलुङ्गे पुल एउटाले दूधकोशी नदी पार गर्दै खोटाङ र अर्काेले सुनकोशी नदी पार गर्दै उदयपुरलाई जोडेको छ।

दूधकोशी र सुनकोशी नदीको सङ्गमस्थल जोर्तीघाट आसपासको प्राकृतिक सौन्दर्य अवलोकन गर्न दैनिक रूपमा आन्तरिक तथा बाह्य पर्यटक पुग्न थालेका स्थानीय बताउँछन्।

Tags: #खोटाङ#राससझोलुङ्गे पुलपुल
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

प्रहरी नायब निरीक्षक कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित
समाचार

प्रहरी नायब निरीक्षक कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

by टाकुरा न्यूज । इटहरी
कार्तिक ११, २०८३
0

इटहरी : कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगरमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) विनोद कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित...

इटहरीमा टायल झार्दा च्यापिएर दुई जना घाइते
विविध

इटहरीमा टायल झार्दा च्यापिएर दुई जना घाइते

by टाकुरा न्यूज । इटहरी
कार्तिक ११, २०८३
0

इटहरी : इटहरीस्थित धरान लाइनमा ट्रकबाट टायल झार्ने क्रममा च्यापिएर दुई जना कर्मचारी घाइते भएका छन् । इटहरी–धरान सडकखण्डअन्तर्गत आर्मी...

इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

संखुवासभामा कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

कार्तिक ११, २०८३
युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

कार्तिक ११, २०८३
चोरीको आरोप लगाएपछि घरमा खाना खान बोलाएर विराटनगरका व्यवसायीको हत्या

चोरीको आरोप लगाएपछि घरमा खाना खान बोलाएर विराटनगरका व्यवसायीको हत्या

कार्तिक ११, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा सवारी दुर्घटनाको ग्राफ उकालो, एक सय ५५ मध्ये ८७ चालकको लापरबाहीले

कार्तिक ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

प्रहरी नायब निरीक्षक कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

प्रहरी नायब निरीक्षक कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

कार्तिक ११, २०८३
इटहरीमा टायल झार्दा च्यापिएर दुई जना घाइते

इटहरीमा टायल झार्दा च्यापिएर दुई जना घाइते

कार्तिक ११, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

संखुवासभामा कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

कार्तिक ११, २०८३
युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

कार्तिक ११, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    842 shares
    Share 337 Tweet 211
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    643 shares
    Share 257 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    512 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    315 shares
    Share 126 Tweet 79
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.