बिर्तामोड ५ रहेको एक घरको छतबाट झर्दा १३ बर्षीय कृतिका भण्डारीको मृत्यु भएको छ ।
हिजो राती १० बजे खाना खाईसकेपछी घरको छतमा गई तल हेर्ने क्रममा अचानक लड्दा कृतिका गम्भिर घाईते भएकी थिईन ।
उनलाई तत्काल उपचारार्थ लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतक कृतिका ५ दिन अगाडी काठमाण्डौबाट मावली घरमा आएकी हुन ।
मावली घरकै चार तला माथीको छतबाट झरेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।














Discussion about this post