धनकुटामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मक्किएको विजुलीको पोल ढलेर लत्रिएको तारबाट करेन्ट लागेर चौबिसे गाउँपालिका– ३ अँधेरीका ५६ वर्षीय भक्तबहादुर दर्जीको मृत्यु भएको हो ।
चौबिसे गाउँपालिका– २ स्थित श्रीजंगा सामुदायिक वनमा विधुतलाईनको पोल ढलेर लत्रिएको अवस्थामा तारबाट करेन्ट लाग्दा दर्जीको घटनास्थलमा नै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।














Discussion about this post