सुनसरीको बराहक्षेत्रमा १२ वर्षीय बालिकाको हत्या गरिएको अवस्थामा शव भेटिएको छ । बराहक्षेत्र नगरपालिका वार्ड नम्बर १ कटहरेकी १२ बर्षकी मिना राईको शव भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाका अनुसार बालिकाको शव उनकै घरमा भेटिएको थियो ।
‘शवको प्रकृति हेर्दा हत्या देखिन्छ, घटनाको अनुसन्धान भइरहेको छ,’ उनले भने ‘घटनामा संलग्न एक जनालाई नियन्त्रणमा लिइएको छ ।’
शव भेटिएको घरमा धरानस्थित सङ्घीय प्रहरी इकाई कार्यालयबाट ट्रयाकर डग ‘लैला’ समेत मगाई अनुसन्धान भइरहेको थापाले बताए ।
हत्या भएकी बालिका शुक्रवार राती छिमेकीको घरमा धामी बसेको हेर्न आमा, बुबा सहित गएकी थिइन् । धामी बसेको हेरेर आमा, बुबा घर फर्किँदा उनी घर भित्रै मृत अवस्थामा भेटिएको बताइएको छ ।













Discussion about this post