Saturday, April 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

एसिड हान्दा नलागे पनि १० वर्ष कैद सजाय हुने

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज १३, २०७७
in समाचार
0
एसिड हान्दा नलागे पनि १० वर्ष कैद सजाय हुने

सांकेतिक तस्वीर ।

101
SHARES
Share on FacebookShare on Twitter

राष्ट्रपति विद्यादेवी भण्डारीले एसिडको बिक्री वितरण नियमन गर्ने र आक्रमणविरुद्ध कडा सजाय प्रस्ताव गरिएको अध्यादेश जारी गरेकी छन् । भण्डारीले अध्यादेश प्रमाणीकरण गरेसँगै सो अध्यादेश कार्यान्वयनमा जानेछ ।

संविधानको धारा १४४ को १ बमोजिम राष्ट्रपति भण्डारीले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश प्रमाणीकरण गरेकी हुन् । अध्यादेश जारी भएसँगै अब कुनै पनि व्यक्तिले दोस्रो व्यक्तिलाई एसिड प्रहार गरे २० वर्षसम्म जेल सजाय हुनेछ । एसिड छ्याप्ने व्यक्ति कानुनबमोजिम सजाय कटौती नहुने गरी २० वर्षसम्म जेल बस्नुपर्नेछ ।

अध्यादेशमा एसिड आक्रमण गर्दा सम्बन्धित व्यक्तिलाई नलागेमा पनि उद्योग गरेको मानिने र यस्तो उद्योगमा १० वर्षसम्म कैद र ५ लाखसम्म जरिमाना हुने व्यवस्था छ । एसिड आक्रमण गरेको प्रमाणित भएमा भने २० वर्षसम्मको कैद सजाय हुन सक्नेछ ।

एसिड आक्रमणबाट पीडितको तत्काल मृत्यु नभई सोही कामको परिणामस्वरूप पछि मृत्यु भएमा ज्यान मारेको मुद्दा लाग्नेछ भने शरीरका कुनै असर भए त्यसअनुसार कसुर भएको मानेर मुद्दा चलाइनेसमेत उल्लेख छ ।

एसिड प्रहारबाट अंगभंग भए पनि त्यसलाई ज्यान लिने योजनामै भएको भनी अदालतले अनुमान लगाउन सक्नेलगायतका प्रावधान पनि समेटिएको छ

आक्रमणकारीको सम्पत्ति रोक्का गरेर पीडितलाई तुरुन्तै क्षतिपूर्ति भराइने व्यवस्था पनि गरिएको छ । तेजाब छ्यापेर पीडितको अनुहार, आँखा, नाक, कान, घाँटी तथा संवेदनशील अंगमा क्षति पु¥याइएमा २० वर्षसम्म कैद सजाय निर्धारण गरिएको छ ।

शरीरका अन्य अंगमा तेजाब मात्रै परे १० वर्ष सजाय भुक्तान गर्नुपर्नेछ । तेजाब बिक्रीका लागि जिल्ला प्रशासन कार्यालयबाट लाइसेन्स लिनुपर्नेछ । वर्षैपिच्छे लाइसेन्स, बिक्री इजाजत अद्यावधिक र नवीकरण गर्नुपर्ने पनि कानुनी व्यवस्था गरिएको छ ।

अध्यादेश जारी भएसँगै तेजाब वा अन्य घातक रासायनिक पदार्थको उत्पादन, निकासी पैठारी वा बिक्री वितरण गर्न अब अनुमति लिनुपर्नेछ । अनुमति लिन चाहने व्यक्तिले नाम, ठेगाना र फोन नम्बर उपलब्ध गराउनुपर्नेछ । उद्योग, व्यवसाय वा कम्पनी दर्ताको प्रमाण र पछिल्लो आर्थिक वर्षको कर चुक्ताको प्रमाण भएकालाई अनुमति दिने व्यवस्था छ । उत्पादन निकासी र पैठारी गर्न मन्त्रालयको सिफारिसपत्र चाहिने व्यवस्था गरिएको छ । बेचबिखनमा हेलचेक्य्राइँ गर्नेलाई वा रेकर्ड नराखी बिक्री गरेर कसैमाथि आक्रमण भयो भने बिक्रेतालाई पनि बढीमा १ वर्षसम्म जेल सजाय हुने व्यवस्था राखिएको छ ।

तेजाबलाई मानव अंग, जीवजन्तु वा जैविक वा अजैविक वस्तु जलाउने (बर्न) घातक क्षति पु¥याउने (कोरोसिभ) वा अन्य कुनै किसिमले गम्भीर असर पु¥याउने अकार्बोनिक (इनअर्गानिक) एसिडजन्य रासायनिक पदार्थका रूपमा राखिएको छ । नाइट्रिक, सल्फरिक र हाइड्रोक्लोरिक एसिड तथा अन्य घातक ज्वलनशील रासायनिक पदार्थबाट आक्रमण भएको कसुरलाई एसिडजन्य अपराधका रूपमा व्याख्या गरिएको छ ।

एसिडजन्य अपराधका कसुरमा दोषी ठहर भएका व्यक्तिको सजाय माफी मिनाहा गर्न नपाइने, यस्ता मुद्दालाई अदालतले प्राथमिकतामा राखेर किनारा लगाउनुपर्ने, अपराधीबाट पीडितको उपचार खर्च भराउनुपर्ने, जरिमानाबापतको रकम फैसला भएको मितिले ३५ दिनभित्र दाखिला नगरे संलग्न व्यक्तिको जायजेथाबाटै असुल गर्ने, एसिड प्रहारबाट अंगभंग भए पनि त्यसलाई ज्यान लिने योजनामै भएको भनी अदालतले अनुमान लगाउन सक्नेलगायतका प्रावधान पनि समेटिएको छ ।

मुलुकी अपराध संहिता २०७४ सहित प्रमाण ऐन २०३१, न्याय प्रशासन ऐन २०७३, मुलुकी फौजदारी कार्यविधि संहिता २०७४, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ र अपराध पीडित संरक्षण ऐन २०७५ का केही प्रावधान संशोधन गरेर अध्यादेश ल्याइएको हो ।

राजधानी दैनिकबाट

Tags: #एसिड
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक
FEATURE BREAKING

कोशी प्रदेशमा दैनिकजसो समातिन्छन् लागूऔषध कारोबारी, ठूलो परिमाणमा गाँजा र ट्याब्लेट बरामद

by टाकुरा न्यूज । इटहरी
बैशाख ११, २०८३
0

इटहरी : कोशी प्रदेशका विभिन्न जिल्लामा प्रहरीले छुट्टाछुट्टै कारबाही गर्दै लागूऔषध ब्राउनसुगर, गाँजा तथा प्रतिबन्धित औषधीसहित १४ जनालाई पक्राउ गरेको छ।...

इटहरीमा ई–रिक्सा चालकहरूलाई ट्राफिक सचेतना 
विविध

इटहरीमा ई–रिक्सा चालकहरूलाई ट्राफिक सचेतना 

by टाकुरा न्यूज । इटहरी
बैशाख ११, २०८३
0

इटहरी : ई–रिक्सा सुरक्षित सञ्चालन प्रवर्द्धन गर्ने उद्देश्यले राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले ई–रिक्सा चालकहरूलाई लक्षित गरी ट्राफिक...

सुनसरीमा भन्सार छलीको सामानसहित मोटरसाइकल बरामद, तस्कर फरार

सुनसरीमा भन्सार छलीको सामानसहित मोटरसाइकल बरामद, तस्कर फरार

बैशाख ११, २०८३
विराटनगरमा १ अर्ब १५ करोडका योजना सञ्चालन

विराटनगरमा फुटपाथ खाली गराउन महानगरको कडाइ, साना व्यावसायी विस्थापनको जोखिम

बैशाख ११, २०८३

सङ्खुवासभा : भोटखोलाका एक हजार बढी नागरिकले लिए सीमा पास

बैशाख ११, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा प्रहरीको स्वीप अपरेसन, १२० जना नियन्त्रणमा

बैशाख ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

कोशी प्रदेशमा दैनिकजसो समातिन्छन् लागूऔषध कारोबारी, ठूलो परिमाणमा गाँजा र ट्याब्लेट बरामद

बैशाख ११, २०८३
इटहरीमा ई–रिक्सा चालकहरूलाई ट्राफिक सचेतना 

इटहरीमा ई–रिक्सा चालकहरूलाई ट्राफिक सचेतना 

बैशाख ११, २०८३
सुनसरीमा भन्सार छलीको सामानसहित मोटरसाइकल बरामद, तस्कर फरार

सुनसरीमा भन्सार छलीको सामानसहित मोटरसाइकल बरामद, तस्कर फरार

बैशाख ११, २०८३
विराटनगरमा १ अर्ब १५ करोडका योजना सञ्चालन

विराटनगरमा फुटपाथ खाली गराउन महानगरको कडाइ, साना व्यावसायी विस्थापनको जोखिम

बैशाख ११, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1390 shares
    Share 556 Tweet 348
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    616 shares
    Share 246 Tweet 154
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    386 shares
    Share 154 Tweet 97
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    376 shares
    Share 150 Tweet 94

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.