कांग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले रामचन्द्र पौडेल समूहको नाममा पार्टी सभापति विरुद्ध दर्ता गराइएको विरोध पत्र कांग्रेस सिध्याउने खेल भएको बताएकी छन्।
कम्युनिष्ट सरकारसँग जुध्नु पर्ने बेला आफ्नै पार्टीभित्र विद्रोह ल्याउनेगरी पौडेलले पार्टी कार्यालयमा दर्ता गरेको असहमतिपत्रप्रति कोइरालाले असहमति राखेकि हुन् ।
पत्रकार ऋषी धमलासँगको अन्तवार्तामा नेतृ कोइरालाले पौडेल समूहका नाममा विरोध पत्रमा आँफ्नो असहमति रहेको उल्लेख गरेपनि जबरजस्ती रुपमा हस्ताक्षर समावेश गराएको बताईन । ‘जीवन परियारजी आएर ल हस्ताक्षर गर्नुपर्यो भन्नुभयो । मैले गरे तर एकघण्टाभित्रै मैले वहाँलाई फोन गरेर मेरो सहमति नै भनेकी हुँ’, कोइरालाले भनिन्।
सुजाताले कांग्रेसभित्र आपसमै लडाइ गरे पार्टीको अस्तित्वनै समाप्त हुने बताउँदै गुटका नाममा रामचन्द्र पौडेलले गरिरहेका कृयाकलाप आँफूलाई मान्य नभएको बताईन् ।
‘‘सबै दोष सभापति शेरबहादुर देउवालाई मात्रै दिएर हुदैन, दोष सबैको छ’, सुजाताले भनिन्, ‘शेरबहादुरजीले त आफ्ना सबै साथीहरुलाई एकजुट बनाएर राख्नुभएको छ । तर हामीहरुको तिर त गुटैगुटमात्र छन् । त्यसभित्र पनि कस्ले कस्लाई सिध्याउने भन्ने छ । त्यसैले म त बैठकहरुमा जानपनि छोडिसकेको छु ।’
उनले पार्टी सभापतिको मात्रै कमजोरी देखाएर पार्टी कमजोर बनाउने खेलामा नेताहरु लागेको पनि बताईन् ।
उनले काग्रेसलाई एकजुट बनाउन युवाहरुलाई अगाडि बढाउनु पर्ने होईन सक्षम व्यक्ति आउनुपर्ने तर्क समेत गरिन् ।












Discussion about this post