रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ को आयोजना र रोट्रयाक्ट क्लब अफ धरान घोपाको होस्टिङमा रोटा वर्ष २०२०।२१ को पहिलो रोट्रयाक्टका अध्यक्ष र सचिवहरुको भेला सम्पन्न भएको छ ।
सेप्टेम्बेर २६ मा देश भरि रहेका १ सय ३५ वटा रोट्रयाक्ट क्लबका अध्यक्ष तथा सचिवहरुको सहभागिता सहित जुम एप मार्फत भेला सम्पन्न गरिएको हो ।
यस सम्मेलनमा रोट्रयाक्ट कामकाजलाई दीर्घकालीन तथा फलदायी बनाउने र अहिलेको परिस्थितिमा समाजलाई प्रभावकारी योगदान पुर्याउने बाटोको बारेमा सबै सहभागी बीच छलफल भएको थियो ।
उक्त सेसनमा डीआरआर छनोटको लागि नामांकन र मतदान, संकटको समयमा आयोजना गरिने डिष्ट्रिक्ट कार्यक्रमहरूको बारेमा साथै वित्तीय प्रतिवेदनको व्यवस्थापन सम्बन्धी केही परिवर्तन र स्पष्टीकरणहरू लगायतका एजेन्डामा छलफल गरिएको थियो ।














Discussion about this post