सुनसरी हरिनगरा ४ बस्ने ३५ बर्षीय दिनेश मण्डलको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार गएराती उनैले चलाएको को १६ प ४७९४ नम्बरको मोटरसाईकल अनियन्त्रित भई हरिनगरा रोडमा रहेको बिजुलीको पोलमा ठक्कर खाई दुर्घटना भएको थियो ।
पोलमा ठक्कर खाई नजिकै रहेको नहरमा मोटरसाईकल झर्दा सोही मोटरसाईकले किचेर मण्डलको मृत्यु भएको भनि आफन्तले आज प्रहरीमा खबर गरेका थिए ।














Discussion about this post