इटहरी २० तरहरामा रहेको लिबरल सोसाइटीले यहाँका विभिन्न स्थानमा होडिङ बोर्ड लगाएको छ ।
पछिल्लो समय तीब्र रुपमा समुदायस्तरमा कोरोना संक्रमण बढ्दै गएपछि भाइरसबाट बच्न जनचेतना मुलक तथा सन्देशमुलक फ्लेक्स बोर्ड तरहराका मुख्य चौकहरुमा राखिएको सोसाइटीका अध्यक्ष सुबेक्छु देवानले बताए ।

उनका अनुसार धेरै भीँडभाड हुने पसल, स्वास्थ्य चौकी, बैँक लगायका स्थानहरुमा सन्देशमुलक होर्डिङ बोर्ड सहित अन्य स्टीकर समेत टाँसिएको छ ।

उक्त कार्यक्रममा इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठ समेत उपस्थित रहेका थिए । युवाहरुले सकारात्मक काममा अग्रसर भएकोमा आँफूहरु हर्षित रहेको उनको भनाई थियो ।

साथै, बजारमा ओहोर दोहोर गर्ने मास्क नलगाएका मानिसहरुलाई मास्क समेत वितरण गरिएको थियो ।















Discussion about this post