नेकपाको विधार्थी संगठन अनेरास्ववियू सुनसरीको एकता प्रक्रिया शनिवार टुंगिएको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी यूनियन जिल्ला कमिटि सुनसरीले शनिबार एक प्रेस विज्ञप्ति जारी गरी एकता प्रक्रिया टुंगिएको को जनाएको छ ।
जीबी गजलको संयोजकत्वमा ६१ सदस्यीय जिल्ला कमिटि गठन गरिएको छ । सह–संयोजकमा धरानका बुद्रोश लिम्बु रहेका छन् ।
तत्कालिन अनेरास्ववियू र अखिल (क्रान्तिकारी) बीच भएको एकता प्रक्रियामा ७ सदस्यीय जिल्ला कार्यालय र २१ सदस्यीय सचिवालय समेत गठन गरिएको छ ।
कार्यालयमा संयोजक जीवी गजल, सह–संयोजक बुद्रोश लिम्बु, सदस्यहरु रोशन रेग्मी, सिएम पौडेल, सुमन कार्की, अर्जुन पौडेल र मोनालिशा श्रेष्ठ रहेका छन् ।



















Discussion about this post