जीपी कोईराला अध्ययन केन्द्र सुनसरी सामाजिक काममा सक्रिय हुन थालेको छ ।
इटहरीका केही वडामा वृक्षारोपण गरेको छ । इटहरी १४ कोे श्री शान्ती सिर्जना मा.वि, सहरी स्वास्थ्य चौकी, इदगाह क्षेत्रमा वृक्षारोपण गरेको हो ।
इटहरी ८ को सरस्वती सदन माविलाई केहि थान विरुवा समेत हस्तान्तरण गरेको अध्यक्ष टंक दाहालले बताए । वृक्षारोपणसँगै अन्य महत्वपूर्ण कामहरु अगाडि बढाईने उनको भनाई थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस इटहरीका सभापति हेमकर्ण पौडेलले सहर र गाउँमा विरुवा रोप्ने अभियानलाई जगाउनु पर्ने बताए ।
सहरी क्षेत्र क्रंकिटले भरिएको भन्दै वृक्षारोपण कार्यक्रममा सबैको ध्यान जानुपर्ने उनको भनाई थियो ।














Discussion about this post