Wednesday, November 4, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

‘भौतिक पूर्वाधारमा उल्लेख्य उपलब्धि हासिल’ : मुख्यमन्त्री कार्की

माधव पोख्रेल by माधव पोख्रेल
कार्तिक १८, २०८३
in विविध, समाचार
0
‘भौतिक पूर्वाधारमा उल्लेख्य उपलब्धि हासिल’ : मुख्यमन्त्री कार्की
52
SHARES
Share on FacebookShare on Twitter

उदयपुर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले नौ वर्षको अवधिमा भौतिक पूर्वाधार विकासलगायतका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरेको बताएका छन् ।

बुधबार उदयपुरको गाईघाटस्थित त्रियुगा नगरपालिका–६ जलजलेमा नवनिर्मित यातायात व्यवस्था सेवा कार्यालयको भवन उद्घाटन गर्दै उनले प्रदेश सरकारले सडक सञ्जाल, यातायात व्यवस्थापन, पुल तथा झोलुङ्गे पुल निर्माणमा उल्लेख्य काम गरेको बताएका हुन् ।

मुख्यमन्त्री कार्कीले नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएका क्षेत्रमा प्रदेश सरकारले प्राथमिकताका साथ लगानी गरिरहेको बताए । संघीय तथा स्थानीय सरकारका कार्यालयको तुलनामा निकै कम खर्चमा प्रदेश सरकारका कार्यालय सञ्चालन भइरहेको उनको दाबी थियो ।

उनले संघीय सरकारले प्रदेशलाई आवश्यक सहयोग नगरेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरे । प्रदेश सरकारलाई आवश्यक आर्थिक स्रोत, नीतिगत स्पष्टता र कानुनी आधार उपलब्ध नहुँदा विकास निर्माणका काममा बाधा पुगिरहेको उनको भनाइ थियो ।

‘प्रदेश सरकार राज्यको माइलो सरकार हो । तर, आफ्नै बलियो आर्थिक स्रोत छैन । संघीय सरकारले उपलब्ध गराउनुपर्ने आर्थिक तथा अन्य सहयोग नहुँदा प्रदेश सरकार हेपिएको महसुस भइरहेको छ,’ उनले भने ।

प्रदेश सरकारको सहयोगमा स्थानीयवासीले उपलब्ध गराएको दुई बिघा १० कठ्ठा जग्गामा यातायात व्यवस्था सेवा कार्यालयको भवन निर्माण गरिएको हो । करिब ७० लाख रुपैयाँ लागतमा निर्माण भएको भवनमा ट्रस्टसहित चारवटा संरचना र १२ कोठा रहेका छन् । भवन निर्माणको जिम्मा डाँगी निर्माण सेवाले पाएको थियो ।

कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा उदयपुर क्षेत्र नम्बर १ का संघीय सांसद पारसमणि गेलाल, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पा, प्रदेशसभा उपसभामुख सिर्जना दनुवार, प्रदेशसभा सदस्यहरू हिमाल कार्की, गीता रेग्मी, नारायणबहादुर बुर्जामगर तथा त्रियुगा नगरपालिकाकी कार्यवाहक नगरप्रमुख महेश्वरी राईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Tags: #उदयपुरहिक्मत कार्की
माधव पोख्रेल

माधव पोख्रेल

उदयपुरको गाईघाटमा रहेर साहित्यिक लेखन तथा पत्रकारिता गर्दै आएका पोख्रेल निजामती सेवाबाट अवकाशप्राप्त हुन् । उनी विभिन्न साहित्यिक तथा सामाजिक संस्थामा आबद्ध छन् । अवकाशप्राप्तपछि पत्रकारिता यात्रा सुरु गरेका उनी टाकुरा न्यूजका लागि उदयपुर संवाददाता हुन् ।

Related Posts

६० जनाको कारागारमा २३२ कैदीबन्दी, जीर्ण भवनमै कोचाकोच
विविध

६० जनाको कारागारमा २३२ कैदीबन्दी, जीर्ण भवनमै कोचाकोच

by रासस
कार्तिक १८, २०८३
0

उदयपुर : उदयपुर कारागारमा क्षमताभन्दा झन्डै चार गुणा बढी कैदीबन्दी राखिँदा उनीहरूको दैनिक जीवन कष्टकर बनेको छ । ६० जनाको...

तिहारमा आगलागीको जोखिम घटाउन सशस्त्र प्रहरीको पूर्वतयारी
विविध

तिहारमा आगलागीको जोखिम घटाउन सशस्त्र प्रहरीको पूर्वतयारी

by रासस
कार्तिक १८, २०८३
0

झापा : तिहारमा दीपावली, पटका तथा अन्य प्रज्वलनशील सामग्रीको प्रयोगबाट हुन सक्ने आगलागीका घटना न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल नेपाल...

मुन्दुम पदमार्गमा होमस्टे र गोठस्टे बनाउन कानुनी अड्चन

मुन्दुम पदमार्गमा होमस्टे र गोठस्टे बनाउन कानुनी अड्चन

कार्तिक १८, २०८३
बीपी प्रतिष्ठानको सञ्चालक परिषद् सभामा सबै प्रस्ताव सर्वसम्मत पारित

बीपी प्रतिष्ठानको सञ्चालक परिषद् सभामा सबै प्रस्ताव सर्वसम्मत पारित

कार्तिक १८, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

इटहरी र बराहक्षेत्रबाट लागूऔषधसहित चार जना पक्राउ

कार्तिक १८, २०८३
भन्सार छली ल्याइएको ५ लाखभन्दा बढीको रजनीगन्धा मोरङमा बरामद

भन्सार छली ल्याइएको ५ लाखभन्दा बढीको रजनीगन्धा मोरङमा बरामद

कार्तिक १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

यमपञ्चक : मृत्युको स्मरणबाट जीवनको उत्सवसम्म

यमपञ्चक : मृत्युको स्मरणबाट जीवनको उत्सवसम्म

कार्तिक १८, २०८३
६० जनाको कारागारमा २३२ कैदीबन्दी, जीर्ण भवनमै कोचाकोच

६० जनाको कारागारमा २३२ कैदीबन्दी, जीर्ण भवनमै कोचाकोच

कार्तिक १८, २०८३
तिहारमा आगलागीको जोखिम घटाउन सशस्त्र प्रहरीको पूर्वतयारी

तिहारमा आगलागीको जोखिम घटाउन सशस्त्र प्रहरीको पूर्वतयारी

कार्तिक १८, २०८३
‘भौतिक पूर्वाधारमा उल्लेख्य उपलब्धि हासिल’ : मुख्यमन्त्री कार्की

‘भौतिक पूर्वाधारमा उल्लेख्य उपलब्धि हासिल’ : मुख्यमन्त्री कार्की

कार्तिक १८, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    845 shares
    Share 338 Tweet 211
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    513 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    377 shares
    Share 151 Tweet 94
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    286 shares
    Share 114 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.