Wednesday, November 4, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

६० जनाको कारागारमा २३२ कैदीबन्दी, जीर्ण भवनमै कोचाकोच

रासस by रासस
कार्तिक १८, २०८३
in विविध, समाचार
0
६० जनाको कारागारमा २३२ कैदीबन्दी, जीर्ण भवनमै कोचाकोच

उदयपुर कारागार

52
SHARES
Share on FacebookShare on Twitter

उदयपुर : उदयपुर कारागारमा क्षमताभन्दा झन्डै चार गुणा बढी कैदीबन्दी राखिँदा उनीहरूको दैनिक जीवन कष्टकर बनेको छ । ६० जनाको क्षमता रहेको चार दशक पुरानो जीर्ण भवनमा हाल २३२ कैदीबन्दी कोचिएर बस्न बाध्य छन् ।

कारागार प्रशासक बैकुण्ठराज रेग्मीका अनुसार कारागारमा २१८ पुरुष र १४ महिला कैदीबन्दी छन् । क्षमताभन्दा अत्यधिक सङ्ख्यामा कैदीबन्दी राख्नुपर्दा खाने, बस्ने, सुत्ने र शौचालय प्रयोग गर्नसमेत समस्या भइरहेको उनले बताए ।

साँघुरो ठाउँ, जीर्ण संरचना र वर्षायाममा छानाबाट पानी चुहिने समस्याले कैदीबन्दीको स्वास्थ्यमा समेत असर परेको भन्दै गर्मी र जाडोका समयमा बिरामी पर्ने समस्या बढ्ने गरेको रेग्मीले बताए ।

पूर्वाधार अभावका कारण वृद्ध तथा दीर्घरोगी कैदीबन्दीको स्वास्थ्य सुरक्षा चुनौतीपूर्ण बनेपछि हालै सात जनालाई काठमाडौँस्थित कारागारमा स्थानान्तरण गरिएको उनले जानकारी दिए ।

नयाँ भवन निर्माणका लागि दशकअघि नै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी योजना स्वीकृत गरिएको थियो । आर्थिक वर्ष २०७१/७२ मा निर्माण योजना स्वीकृत भए पनि भूकम्प र कोभिड महामारीका कारण बजेट उपलब्ध हुन नसकेको प्रशासनको भनाइ छ ।

लामो प्रयासपछि चालु आर्थिक वर्षमा सरकारले नयाँ भवन निर्माणका लागि स्रोत सुनिश्चित गरेको छ । सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय सप्तरीमार्फत निर्माण गर्ने तयारी भए पनि ठेक्का प्रक्रिया अघि बढ्न सकेको छैन ।

हालको भवनका गारो भत्किएका छन् भने पर्खालसमेत कमजोर अवस्थामा छन् । पुरानो प्रविधिबाट काठका बटम र पटाहा प्रयोग गरी ढलान गरिएको भवन जुनसुकै बेला भत्किन सक्ने जोखिम रहेको प्रशासनले जनाएको छ । यस्तो अवस्थामा कैदीबन्दीको जीवन सुरक्षाका लागि नयाँ भवन निर्माण तत्काल अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ ।

Tags: कारागारजिल्ला कारागार
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

तिहारमा आगलागीको जोखिम घटाउन सशस्त्र प्रहरीको पूर्वतयारी
विविध

तिहारमा आगलागीको जोखिम घटाउन सशस्त्र प्रहरीको पूर्वतयारी

by रासस
कार्तिक १८, २०८३
0

झापा : तिहारमा दीपावली, पटका तथा अन्य प्रज्वलनशील सामग्रीको प्रयोगबाट हुन सक्ने आगलागीका घटना न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल नेपाल...

‘भौतिक पूर्वाधारमा उल्लेख्य उपलब्धि हासिल’ : मुख्यमन्त्री कार्की
विविध

‘भौतिक पूर्वाधारमा उल्लेख्य उपलब्धि हासिल’ : मुख्यमन्त्री कार्की

by माधव पोख्रेल
कार्तिक १८, २०८३
0

उदयपुर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले नौ वर्षको अवधिमा भौतिक पूर्वाधार विकासलगायतका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरेको...

मुन्दुम पदमार्गमा होमस्टे र गोठस्टे बनाउन कानुनी अड्चन

मुन्दुम पदमार्गमा होमस्टे र गोठस्टे बनाउन कानुनी अड्चन

कार्तिक १८, २०८३
बीपी प्रतिष्ठानको सञ्चालक परिषद् सभामा सबै प्रस्ताव सर्वसम्मत पारित

बीपी प्रतिष्ठानको सञ्चालक परिषद् सभामा सबै प्रस्ताव सर्वसम्मत पारित

कार्तिक १८, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

इटहरी र बराहक्षेत्रबाट लागूऔषधसहित चार जना पक्राउ

कार्तिक १८, २०८३
भन्सार छली ल्याइएको ५ लाखभन्दा बढीको रजनीगन्धा मोरङमा बरामद

भन्सार छली ल्याइएको ५ लाखभन्दा बढीको रजनीगन्धा मोरङमा बरामद

कार्तिक १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

यमपञ्चक : मृत्युको स्मरणबाट जीवनको उत्सवसम्म

यमपञ्चक : मृत्युको स्मरणबाट जीवनको उत्सवसम्म

कार्तिक १८, २०८३
६० जनाको कारागारमा २३२ कैदीबन्दी, जीर्ण भवनमै कोचाकोच

६० जनाको कारागारमा २३२ कैदीबन्दी, जीर्ण भवनमै कोचाकोच

कार्तिक १८, २०८३
तिहारमा आगलागीको जोखिम घटाउन सशस्त्र प्रहरीको पूर्वतयारी

तिहारमा आगलागीको जोखिम घटाउन सशस्त्र प्रहरीको पूर्वतयारी

कार्तिक १८, २०८३
‘भौतिक पूर्वाधारमा उल्लेख्य उपलब्धि हासिल’ : मुख्यमन्त्री कार्की

‘भौतिक पूर्वाधारमा उल्लेख्य उपलब्धि हासिल’ : मुख्यमन्त्री कार्की

कार्तिक १८, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    845 shares
    Share 338 Tweet 211
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    513 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    377 shares
    Share 151 Tweet 94
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    286 shares
    Share 114 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.