ईलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत प्रहरी जवान सम्मर तिवारी सुनसरी जिल्लाकै उत्कृष्ट प्रहरी घोषित भएका छन् ।
लागूऔषध कारोबारीहरुलाई पक्राउ गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै तिवारीलाई असोज महिनाको जिल्लाकै उत्कृष्ट प्रहरी घोषणा गरिएको हो । पुलिस अफ दी मन्थबाट सुनसरीका एसपी कमल थापाले उनलाई सम्मान गरेका थिए ।
उच्च मनोबलका साथ अपराध नियन्त्रण क्षेत्रमा लागेको भन्दै तिवारीलाई असोज महिनाको पुलिस अफ दी मन्थबाट सम्मान गरिएको हो ।














Discussion about this post