प्रदेश नं. १ का प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली कांग्रेस सुनसरीका सभापति राजीब कोइरालालाई कोभिड अस्पताल भर्ना गरिएको छ ।
१० दिनदेखि शरीर दुख्ने र ज्वरो नघट्ने समस्या बढ्दै गएपछि उनलाई कोभिड अस्पताल भर्ना गरिएको हो ।
उपचारका लागि शनिवार दिउँसो विराट टिचिङ हस्पिटलमा रहेको कोभिड अस्पतामा भर्ना गरिएको परिवारजनले बताएका छन् ।
स्वास्थ्यमा निरन्तर समस्या आउँदै गएपछि थप उपचारका लागि अस्पताल भर्ना भएर बस्नु पर्ने चिकित्सकहरुको सल्लाह अनुसार उनलाई दिउँसो बिराट टिचिङमा भर्ना गरिएको हो ।
उनी कार्तिक ३ गते देखि होम आइसोलेसनमा बस्दै आएका थिए ।



















Discussion about this post